आज देखि फोटो सहितको मतदाता नामावली संकलन

613 पटक पढिएको

सम्पादक: Dhadingnews.com

  •  

    काठमाडौं /निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भदौ  १ देखि फेरि सुरु गरेको छ । विभिन्न दल र उच्चस्तरीय राजनीतिक समितिको आग्रहपछि निर्वाचन आयोगले आजदेखि ७ गतेसम्म नाम दर्ता खुला गर्ने निर्णय गरेको हो।

    संविधानसभा निर्वाचनका लागि सबै जिल्लामा फोटोसहितको मतदाता नामावली दर्ता खुला गरिएको आयोगले जनाएको छ। मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ बमोजिम मतदाता हुन योग्यता पुगेका, तर नाम दर्ता गराउन छुटेका सबैलाई तोकिएको समयभित्र नाम दर्ता गराउन आयोगले आग्रह गरेको छ।

    २०७० असार मसान्तसम्म १८ वर्ष उमेर पुगी मतदाता नामावलीसम्बन्धी ऐन, २०६३ बमोजिम मतदाता हुन योग्यता पुगेका नागरिकका लागि भदौ ७ गतेसम्म देशभरका ७५ वटै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्तासम्बन्धी विशेष कार्यक्रम, सञ्चालन गरिनेछ ।

    आयोगका अनुसार असार मसान्तसम्म १ करोड २३ लाख ८ हजार मतदाता दर्ता भएका छन्। देशभित्रका झन्डै ११ लाख र देशबाहिरका ३० लाख छुटेको आयोगको अनुमान छ।