गरिमापूर्ण उत्प्रेरक पर्व ऋषितर्पणी वा जनै पूर्णिमा !

875 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बद्रीप्रसाद दाहाल

10badri dahal
हाम्रा घरऑगनमा आउने विभिन्न व्रत पर्वहरुमध्ये ‘ जनै पूर्णिमा एक महान् उत्सवको रुपमा युगौंदेखि मनाउ‘दै आएको ज्ञान ,कर्म र पारस्परिक हार्दिक स्नेहको उत्प्रेरक तिथि हो । ‘जनै’ यो शब्द संस्कृत भाषाको ‘ यज्ञोपवीत ’ भन्नेबाट उद्भव तद्भव रुप हो । जसलाई ब्रह्मसूत्र , माल्का , चर्खे डोरी , उपवीत , रक्षासूत्रआदि नामले पनि पुकारिन्छ । हरेक वर्ष साउन शुक्ल पूर्णिमाको दिन नयॉ यज्ञोपवीत धारण गर्ने र हातमा रक्षाबन्धन बॉधेर यो पर्व मनाउने चलन छ । यस दिन ज्ञानका गंगोत्री ऋषिमुनिहरुलाई प्रभातकालीन समयमा वैदिकविधिद्वारा नदीकिनारमा गई स्नान गरेर श्रध्दासाथ तर्पण गरिन्छ । त्यसै भएर यो पर्वलाई ऋषितर्पणी भनेर पनि पुकारिन्छ । नयॉ जनै धारण गर्ने हु‘दा यो दिनलाई जनैपूर्णिमा पनि भनिन्छ । रक्षाबन्धन , राखी , क्वॉटी पुर्ने , श्रावणी पूर्णिमा , जस्ता विविध नामले यसलाई जनजिब्रोमा संबोधन गर्ने चलन छ । विशेष गरेर द्विजवर्गले मात्र जनै लगाउने हु‘दा उनीहरुको लागि यसको महत्व अझ बढी छ । वास्तवमा ‘ द्विज’ भनेको दुइपटक अर्थात् एकपटक आमाको गर्भबाट र अर्कोपटक संस्कारबाट पैदा हुने भन्ने अर्थ हो । त्यसै भएर हाम्रा ऋषिहहरु बोल्छन् ‘ जन्मदा सबै शूद्र हुन्छन् तर कर्मले यिनीहरु ‘ द्विज’कहलाउ‘ छन् ।’ यसबाट यो कुराको बोध हुन्छ कि हालको वंश परंपराका आधारमा जनैधारी भएका मात्र यसका अधिकारी नभएर ज्ञानामार्गमा निमज्जित असल कर्म गर्ने जुनसुकै व्यक्तिले यो ब्रह्मसूत्रलाई लगाउन अधिकार राख्छ । नामधारी ब्राह्मणले नभएर कामधारीहरु जो ज्ञान–मार्गमा हिंडेका छन् तिनीहरु नै यो सूत्रका वास्तविक अधिकारी हुन् । यसमा परंपरावादी जातीय सोचको घनत्व पनि चर्को देखिन्छ । तर यो अवैज्ञानिक , पक्षपात र संकीर्ण सोचको उपज हो ।

यज्ञोपवीत नौ गुणको हुन्छ । किनभने हाम्रो अष्टचक्राकार शरीर अथर्ववेदअनुसार नवद्वारको छ जुन नव गुण नव द्वारको प्रतीक हो । त्यसै गरी जनै तीन तीन सूत्रको समूह अर्थात् जम्मा नौ डोराको हुन्छ । हरेक तीन डोराले पितृ ऋण , देव ऋण र ऋषि ऋणलाई सङ्केत गरेको छ । त्यसै गरी ब्रह्मा , विष्णु महेशको प्रतीक पनि तीन डोराको बोधक हो भने सृष्टि , स्थिति र प्रलयलाई पनि यसले प्रतिकात्मक रुपमा अथ्र्याएको छ । त्यसै गरी ब्रह्मचर्याश्रम , गृहस्थाश्रम र वानप्रस्थ आश्रमको बेला यसको धारणा अनिवार्य हुन्छ भनेर जनाउ दिन पनि तीन तीन डोरा बनाइएको हो । जनैमा पॉचवटा ग्रन्थी वा शिखा बनाइएको हुन्छ ती गॉठाहरुले प‘ाच महायज्ञलाई लक्ष्य गरेका हुन् भने हामी प्राणीहरुको रचनामा पृथ्वी , पानी , तेज , हावा र आकाशका पञ्चतत्वलाईसङ्केत गरेको प्रतीति पनि हुन्छ । देवऋण , पितृऋण , ऋषिऋण र पॉच यज्ञलाई हृदयतः यज्ञोपवीतधारीले स्वीकार गर्दछन् । मान्छेको शरीरमा मुटु बायॉ भागमा भएको हु‘दा यो ब्रह्मसूत्र पनि बॉया कॉधपटिबाट धारण गरी दॉयापटि झारिन्छ । यसरी हाम्रो केन्द्र भागलाई सन्तुलित र सुरक्षित गराउन यो संयम–सूत्रलाई यसरी लगाउने प्रचलन गरेका हुन् । यसमा स्वास्थ्यविज्ञानको पर्याप्त गुञ्जायस छ । जनै धारण गरेपछि दिनको तीनपटक सन्ध्या गर्नुपर्छ । सन्ध्या गर्दा यी मन्त्रहरु मनमनै उच्चारण गरिन्छ —‘ ॐ , भूः , भुवः , स्व , तत्सवितुर्वरेण्यम् , भर्गो , देवस्य , धीमहि , धियो यो न ः , प्रचोदयात् । ’ यसरी आर्य जातिको सर्वश्रेष्ठ मन्त्रात्मक कर्मको नाम संन्ध्योपासना हो । जनै पूर्णिमाको दिन करबलले जनै भिर्दिने सन्जे भन्न चैं अल्छी गर्नेहरुले यज्ञोपवीत भिरेर कुनै अर्थ रह‘दैन । सन्जे त मानिसको मानसिक र शारीरिक पक्षलाई परिशुध्दि गरेर ‘ओजस , वर्चस र तेजस’ तत्व प्राप्त गराउने ब्रह्म— निनाद पो हो त !

जसरी संसारका देशहरुलाई चिनाउन झण्डा प्रतीकको रुपमा रहेको हुन्छ त्यसै गरी मानिसको पहिचान गराउन यो सूत्र कामयाबी हुन्छ । शौचको समय जनैलाई दक्षिणपटिको कान–मा सिउरिन पर्छ । यो कुरालाई वैखानस धर्म प्रश्न , बौधायन गृहसूत्र र याज्ञवल्क्यस्मृतिले आ–आफ्ना प्रकरणमा बताएका छन् । कानमा सिउरिन पर्ने कुरालाई मनु यसरी स्पस्ट पार्दछन् ‘ ऊध्र्वं नाभेर्मेध्यतरः पुरुषः परिकीर्तितः ’ अर्थात् पुरुष नाभिभन्दा माथि पवित्र हुन्छ । नाभिभन्दा तल्लो भाग मलमूत्रधारक अङ्ग भएकोले यो अपवित्र हुन गएकैले जनैको शुध्दता जोगाउन यो उपाय गरिएको हो । अनि अर्को कुरा कान अत्यन्त पवित्र ज्ञानको भण्डार पनि हो । हाम्रो शरीर पार्थिव इन्द्रिय नाक हो भने जलीय इन्द्रिय जिब्रो , तेजस इन्द्रिय ऑखा वायव्य इन्द्रिय छाला र आकाशीय इन्द्रिय कान हो । अरु इन्द्रियहरु अपवित्र हुन्छन् तर आकाशीय इन्द्रिय कान कहिल्यै अशुध्द हु‘दैन ।
मूलतः हामीले धारण गर्ने जनैको आयु सरदर चार महिनाको हुन्छ । हाम्रा ऋषिका वाक्य यसरी बोल्छन् ‘ सूतके मृतकेचैव गतमास चतुष्टये । नव यज्ञोपवीतानि धृत्वा जीर्णानि सं–त्यजेत् ।।’ मतलव सूतक र मृतक आशौच वा चार महिना बितेको कारण तिम्रो मिति गुज्रियो अतः म अब नयॉ यज्ञोपवीत धारणा गर्दछु । नयॉ जनै पहिरिंदा यो श्लोक पढ्नु पर्छ —‘ यज्ञो–पवीतम् परमम् पवित्रम् , प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमग्य्र प्रतिमुञ्च शुभ्रम् , यज्ञोप–वीतम् बलमस्तु तेजः ।। ’ अर्थात् जनै अत्यन्त प्राकृत र पवित्र वस्तु हो , यो सृष्टिकर्तास‘गै जन्मिएको हु‘दा यसको धारण गर्नाले आयु , बुध्दि , तेज र बलको श्रीवृध्दि हुन्छ । यो दिन हरेकको नाडीमा ब्राह्मण वा दिदीबहिनीहरुबाट रक्षासूत्र पनि बॉधिन्छ । तराईतिर त राखीका त्यौहार भनेर धूधामसित यो उत्सव सम्पन्न गरिन्छ । देवराज इन्द्र , दानशील बली , दानव गुरु शुक्राचार्य र इन्द्र पत्नी शचीसित यो पर्वको गर्वपूर्ण कथा हामी अधिकांशले पढेको र सुनेकै कारण ‘ येन बध्दो बली राजा , दानवेन्द्रो महाबलः । तेन त्वं प्रतिबध्नामि रक्षोमाचलमाचल ’ भन्ने मन्त्र उच्चारण गर्दै हामी परंपराअनुसार दाहिने हातमा रक्षासूत्र बॉध्दछौं । यो दिन नेपालका महत्वपूर्ण स्थानहरुमा ठूलो मेला लाग्दछ । वास्तवमा मानिसहरुलाई कर्मवादमा विश्वा–स गर्दै सहअस्तित्वोधमा जुर्मुराएर ज्ञानको ढोका उघार्दछ यस्ता गर्व गर्नलायक पर्वहरुले ।