एमालेले समानुपातिक तर्फ सभासद भैसकेकालाई अब मौका नदिने

638 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

काठमाडौ /नेकपा एमालेले समानुपातिक तर्फबाट सभासद भैसकेकालाई अब सभासद नबनाउने भएको छ ।

बिहीबार बसेको स्थायी समितिको बैठकले उमेद्वारका लागि योग्यता तोक्दै यस्तो निर्णय गरेको हो । तर विशेषज्ञ, दलित, महिला, जनजाती र तराई मधेस क्षेत्रको प्रतिनिधित्वको लागि भने पुरानालाई पनि उमेदवार बनाउन सकिने एमालेले जनाएको छ ।

उसले भदौ २० गतेभित्र सम्भाबित उमेदवारको नामावली पठाउन क्षेत्रीय र जिल्ला कमिटीलाई निर्देशन दिएको छ । एमालेले संबिधान सभा चुनाबमा उमेदवार हुन राज्यको संबिधान र कानुनले अयोग्य ठहर नगरेको, पार्टीबाट निष्कासन तथा निलम्बन जस्ता अनुशासनात्मक कारबाहीमा परेको भए कारवाही पुरा गरेको ६ महिना अवधि बितेको हुनुपर्ने लगायतका योग्यता तोकेको छ ।

बैठकले प्रत्यक्ष तर्फ हरेक क्षेत्रीय कमिटीले १ जना महिला सहित बढीमा ३ जना सिफारिस गर्नुपर्ने र त्यसकै आधारमा जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्नुपर्ने निर्देशन दिएको छ । क्षेत्रीय कमिटीको सिफारिस जिल्ला कमिटीले फेरबदल गर्नु गरे कारण खुलाउनुपर्ने एमालेको निर्देशनमा उल्लेख छ ।

यस्तै समानुपातिक तर्फ पार्टी जिल्ला कमिटीले हरेक निर्बाचन क्षेत्र बराबर २ जनाको नाम सिफारिस गर्न एमालेले निर्देशन दिएको छ । बिहीबारको बैठकले स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीको संयोजकत्वमा आर्थिक परिचालन कमिटी गठन गरेको सचिब बिष्णु पौडेलले जानकारी दिनुभयो ।

http://ujyaaloonline.com