अमेरिकाको हवाई टापुमा भीषण आगलागी, मृत्यु हुनेको संख्या ६३ पुग्यो (तस्वीर सहित)
211 पटक पढिएको
एजेन्सी । अमेरिकाको हवाई द्वीपको माउई काउन्टीको जंगलमा लागेको आगोबाट अहिलेसम्म ६३ जनाको मृत्यु भएको छ । आगोको चपेटामा परी यहाँको ऐतिहासिक सहर लहाइना पूरै तरिकाले खण्डहर बनेको छ । सयौं नागरिक बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यो राज्यको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो प्राकृतिक विपद्का रुपमा लिइएको छ । यसैबीच स्थानीयलाई आगोबाट भएको क्षतिको आकलन गर्न शुक्रबार केही समयका लागि घर फर्किन अनुमति दिइएको थियो । यो साताको सुरुवातमा आगलागी सुरु भएको थियो । ऐतिहासिक सहरको अधिकांश भाग नष्ट भएको छ । सहरमा राति १० बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यू जारी गरिएको छ । केही क्षेत्रमा भने उद्धारकर्मीलाई जान भने प्रशासनले अनुमति दिएको छ ।
(तस्वीर-एजेन्सी)