मध्यमान्चलका जिल्ला शिक्षा अधिकारीहरुको क्षेत्रीय समन्वय बैठक धादिङबेसीमा

645 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/मध्यमान्चलका जिल्ला शिक्षा अधिकारीहरुको क्षेत्रीय समन्वय बैठक शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ । 1230006_573878622668363_723791503_nक्षेत्रीय शिक्षा निर्देशनालय मध्यमान्चलको आयोजना र जिल्ला शिक्षा कार्यालय धादिङको संयोजनमा भएको क्षेत्रीय समन्वय बैठकमा धादिङमा भएका राम्रा अभ्यासहरुको अनुभव आदान प्रदान गरिएको धादिङका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुबेदीले आफ्नो फेसबूक मार्फत बताउनु भएको छ ।1231472_573868119336080_39481508_n
कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशकका साथै १९ वटै जिल्लाका जिल्ला शिक्षा अधिकारीहरुको उपस्थिति रहेको जिल्ला शिक्षा कार्यालय धादिङले जनाएको छ । कार्यक्रममा जिल्लाका राम्रा अभ्यासहरुका लागि धादिङ जिल्लाका शिक्षकका सबै पेशागत संघ स‌ंगठनका अध्यक्ष, प्याव्सन तथा एन प्याव्सन धादिङका अध्यक्षका साथै सञ्चारकर्मिहरुको समेत भव्य उपस्थिति रहेको सुबेदीले आफ्नो फेसबूक मार्फत जानकारी दिनु भएको छ ।