नेकपा एमाले आफैँ समाप्त भएर जाने माधव नेपालको टिप्पणी
102 पटक पढिएको
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)आफैँ समाप्त भएर जाने टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष नेपालले नेकपा एस लाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोत्तर भइरहेको र हावा खाईरहेको जिकिर गर्नुभएको हो । पार्टीको चाँगुनारायण नगर कमिटीले आज भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको दाबी गर्नुभयो ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्य पार्टीहरुलाई समेत साथमा लिएर समाजवादको झण्डालाई बुलन्द गर्ने काम गरिरहेको बताउनुभयो । उहाँले पार्टीलाई सशक्त बनाउन आफूहरुले संगठन निर्माणको कामलाई तिब्रता दिएको समेत बताउनुभयो ।
अध्यक्ष नेपालले पार्टीलाई जनताको बीचमा लैजाने गरी गतिविधिहरुलाई अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।