कैलालीमा राष्ट्रिय कराते प्रतियोगिता हुने

676 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 कैलाली/कैलालीको लम्कीमा नेपाल सिन क्याकोसिन कराते डोजोको अयोजनामा असोज १५ गतेदेखि १८ सम्म राष्ट्रिय प्रतियोगिता हुने भएको छ । भदौ ९ गते आईतबार  धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल सिन क्याकोसिन राष्ट्रिय कराते प्रतियोगिताका मुल आयोजक समितिका संयोजकले झपट बोहोराले सुदुरपश्चिम बिकास क्षेत्रमा पहिलो पटक राष्ट्रिय कराते प्रतियोगिता हुने लागेको जानकारी दिनुभयो ।

        प्रतियोगितामा देशभरिबाट ३ सय खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगिता सञ्चालनको लागि करिव २० लाख खर्च हुने आयोजक कमिटिका मुल सचिवालय संयोजक हर्क पुनले जानकारी दिनुभयो । सुदूरपश्चिमको लम्कीमा हुने राष्ट्रिय प्रतियोगिताले यस क्षेत्रको पहिचान र राष्ट्रिय खेलाडी उत्पादन गर्नेमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।