धादिङबाट को को उठलान संविधान सभाको चुनावमा ?

734 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी

धादिङबेसी÷मंसिर ४ मा हुने भनिएको संविधान सभाको निर्वाचन नजिकिंदै जांदा जिल्लामा रहेका साना तथा ठुला दलहरु उम्मेदवारको चयन गर्ने आन्तरिक तयारीमा जुटेका छन ।
एकीकृत नेकपा माओवादीले जिल्लाको तीनवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरुको प्रस्तावित नाम केन्द्रलाई सिफारिश गरिसकेको छ । एकीकृत नेकपा माओवादीले जिल्लावाट २०६४ सालको संविधान सभा निर्वाचनमा विजयी भएका पुष्पबिक्रम मल्ल,कल्पना धमला र शालिकराम जमकट्टेललाई पहिलो प्राथमिकतामा राखेर अन्य वैकल्पिक नामहरु पनि सिफारिश गरेको छ ।
ठुलादल नेपाली कांग्रेस र नेकपा एमालेले पनि केही दिन भित्रमा पार्टीको तर्फवाट आगामी संविधान सभा निर्वाचनमा पठाउने उम्मेदवारहरुको नाम टुङगो लगाउने भएको छ । पार्टीले आधिकारिक निर्णय नगरे पनि दुवै पार्टीका कार्यकर्ताका र अन्य दलका कार्यकर्ता बिच एक अर्काको पार्टीबाट उठ्ने उम्मेदवारको नाम अडकलवाजी शुरु भईसकेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले,राष्ट्रिय जनमोर्चा,अखण्ड नेपाल राष्ट्रिय पार्टी,सदभावना पार्टीले पनि आफ्नो पार्टीको तर्फवाट चुनावमा पठाउने उम्मेदवारको खोजी गर्न थालेका छन ।
राष्ट्रिय जनमोर्चा,अखण्ड नेपाल राष्ट्रिय पार्टी र सदभावना पार्टी जिल्लावाट पहिलो पटक निर्वाचनमा जान लागेका हुन । उम्मेदवार मनोनयन गर्ने समय एक महिना बांकी रहेकाले अझै केही नयां दलहरु थपिन सक्ने सम्भावना रहेको छ । नेकपा–माओवादी र नेकपा एकीकृतले निर्वाचनमा सहभागिता नजनाउने वताउंदै आईरहेका छन ।
अघिल्लो संविधान सभाको निर्वाचनमा धादिङका तीन वटै क्षेत्रवाट नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी, जनमोर्चा नेपाल, राप्रपा, समाजबादी प्रजातान्त्रिक जनता पार्टी, नेकपा माले, नेकपा एकीकृत,नेपाल राष्ट्रिय बिकास पार्टी,राष्ट्रिय जनशक्ति पार्टी र ताम्सालिङ नेपाल राष्ट्रिय पार्टी लगायतका दलले उम्मेदवारी दर्ता गराएका थिए । राष्ट्रिय जनशक्ती पार्टी अहिले राप्रपामा एकीकरण भएको छ भने अघिल्लो संविधान सभाको निर्वाचनमा जिल्लाको तीनवटै क्षेत्रवाट उम्मेदवारी दिएको ताम्सालिङ नेपाल राष्ट्रिय पार्टी अहिले साना सात पार्टीवीच एकीकरण भएर केन्द्रमा संघीय गणतान्त्रिक समाजवादी पार्टीका रुपमा गठन भएको भएपनि जिल्लामा भने यस पार्टीको कुनै चहल पहल देखिएको छैन ।

आगामी सबिधान सभाको निर्वाचनका लागि अहिले सम्म निर्वाचन आयोग बाट चुनाव चिन्ह पाएका दलहरु 

निर्वाचन आयोगमा दर्ता भएका विभिन्न  ५९ दललाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४२, निर्वाचन आयोग ऐन, २०६३ को दफा २० को उपदफा(१) तथा राजनीतिक दल दर्ता (निर्वाचन प्रयोजन) नियमावली, २०६३ को नियम १३ को उपनियम (२) बमोजिम   आयोगले प्रदान गरेको चुनाव चिन्ह

१    नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत माक्र्सवादी–लेनिनवादी)-    सूर्य
२    नेपाली काँग्रेस   – रुख
३    राष्ट्रिय प्रजातन्त्र पार्टी  –  हलो
४    एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)    गोलाकारभित्र हँसिया हथौडा
५    नेपाल मजदुर किसान पार्टी    मादल
६    समाजवादी जनता पार्टी    चन्द्रमा
७    राष्ट्रिय जनमोर्चा    गिलास
८    राष्ट्रिय जनमुक्ति पार्टी    घर
९    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल    गाई
१०    नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)    हँसिया र तारा
११    नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)    हँसिया
१२    दलित जनजाति पार्टी    जग
१३    मधेसी जनअधिकार फोरम, नेपाल    हातले समातेको मसाल
१४    नेपाली जनता दल    पाङ्ग्रो
१५    सद्भावना पार्टी    तीर
१६    तराई–मधेस लोकतान्त्रिक पार्टी    जोडा गोरु
१७    नेपाल परिवार दल    साँचो
१८    नेपाः राष्ट्रिय पार्टी    खड्ग
१९    नेपाल लोकतान्त्रिक समाजवादी दल    कलम
२०    चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल    सुदर्शन चक्र
२१    मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)    नमस्कार गरेको हात
२२    तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल    लट्ठी लिएको पुरुष
२३    मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)    रेल
२४    सङ्घीय सद्भावना पार्टी    राजहाँस
२५    सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)    गाग्री
२६    जनता दल युनाइटेड    शङ्ख
२७    राष्ट्रिय सद्भावना पार्टी    पूलको माला
२८    नव नेपाल निर्माण पार्टी    खरायो
२९    नेपाल नागरिक पार्टी    मोवाइल
३०    राष्ट्रिय मधेस समाजवादी पार्टी    साइकल
३१    खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल    हथौडा
३२    जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल    कापी कलम
३३    नेपाल राष्ट्रिय विकास पार्टी    रेडियो
३४    नेपाल न्यायिक दल    बलेको मैनवत्ती
३५    संयुक्त राष्ट्रवादी मोर्चा नेपाल    कलश
३६    मङ्गोल नेशनल अर्गनाइजेशन    कुखुराको भाले
३७    नेपाल गौरवशाली पार्टी    स्याउ
३८    राष्ट्रिय यथार्थवादी पार्टी नेपाल    डाँफे
३९    जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स    गोरुगाडा
४०    शान्ति पार्टी नेपाल    षट्कोण
४१    राष्ट्रिय विकास पार्टी    हात्ती
४२    जनजागरण पार्टी    टर्चलाइट
४३    नेपाल समावेशी पार्टी    सुगा
४४    ताम्सालिङ–नेपाल राष्ट्रिय दल    डम्फु
४५    सोसल रिपब्लिकन पार्टी    सलाईको बट्टा
४६    राष्ट्रिय जनता दल नेपाल    लालटिन
४७    हरियाली नेपाल पार्टी    आँप
४८    नेपाल गणतान्त्रिक एकता पार्टी    गुलाफको फूल
४९    नेपाल जनता पार्टी    कमलको फूल
५०    राष्ट्रिय जन विकास पार्टी    टेबुल
५१    मधेसी जनअधिकार फोरम मधेस    चर्खा
५२    संयुक्त राष्ट्रिय जनपरिषद् नेपाल     आरा
५३    नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)     डुङ्गा
५४    नेपाल राष्ट्रसेवा दल    टेलिफोन
५५    लिग नेपाल शान्ति एकता पार्टी     घोडा
५६    नेपाल समाजवादी पार्टी (लोहियावादी)     मेच
५७    शिवसेना नेपाल    डमरु
५८    चुरेभावर राष्ट्रिय पार्टी    बिजुलीको चिम
५९    देशभक्त समाज    जरायो