प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

103 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो २ बजे संसद भवन बानेश्नरमा बस्नेछ । संसद् सचिवालयका अनुसार शुक्रबारको बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन पेस गर्ने र ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।