इजरायली आक्रमणले गाजा क्षेत्रमा चरम मानवीय संकट उत्पन्न
172 पटक पढिएको
एजेन्सी । इजरायली आक्रमणले प्यालेस्टाइनको गाजा क्षेत्रमा चरम मानवीय संकट उत्पन्न भएको छ ।
इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । एक साता लामो हवाई हमलापछि इजरायली सेनाले थालेको स्थल आक्रमणले गाजामा झनै संकट बढाएको छ । इजरायली सेनाको उर्दी अनुसार उत्तरी गाजाका ११ लाख जनतामध्ये ४ लाखभन्दा बढी पछिल्लो ४८ घण्टामा आफ्नो थातथलो छाडेर पलायन भएका छन् ।
उनीहरु तुलनात्मक रुपले सुरक्षित मानिएको दक्षिणी क्षेत्रतर्फ लागेको बताईएको छ । इजरायली आक्रमणमा घाइते भएकाहरुले अस्पताल भरिदा उपचार गर्न कठिन भएको छ । शव ब्यबस्थापन गर्न स्थान अभाव भएका कारण चिसो सामान ढुवानी गर्ने सवारी साधनमा शव राख्न थालिएको छ ।