लुकिङ गुड ईन्टरनेट ? ‘स्काई प्रो’ प्रयोग गर्नुस्,

635 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौ / काठमाण्डौ एवं देशका मुख्य मुख्य शहर घुम्दै हुनुहुन्छ र साथसाथै वायरलेस प्रविधिमा आधारित ईन्टरनेट प्रयोग गर्न पाए हुन्थ्यो भन्ने लागेको छ भने स्काई प्रो एक सहि छनोट हुनसक्छ । १५३ दशमलव ६ केविपिएस डाटा रेटमा ईन्टरनेट प्रयोग गर्न सकिने सुविधा काठमाण्डौ र अन्य धेरै शहरहरुमा हालै नेपाल टेलिकमले विस्तार गरेको छ ।

Sky-Pro-Internet-service-for-Nepalडाटा भोलुमको आधारमा शुल्क लाग्ने स्काई प्रोको पहिलो प्याकेजमा ३ जिवी टाडा ३ महिना अवधिको लागी पाउनुहुनेछ ।   दुई हजार दुई सय रुपैयाँ पर्ने स्काई प्रोको प्याकेजबाट नगद एक सय वरावरको फोन कल सुविधा एवं दुई जिवी मेमोरी कार्ड (पेन ड्राईभ) उपयोग गर्न सक्नुहुन्छ । ३ महिनापछि आवश्यकता अनुसार रिजार्च कार्डवाट ईन्टरनेट प्रयोग सकिने र प्रती एमवी पचास पैसा शुल्क लाग्ने पनी टेलिकमले जनाएको छ ।साथै स्काई प्रोवाट ईभिडिओ (Evolution-Data-Optimized) सेवा पनी प्रयोग गर्न सकिन्छ । यो भन्नाले वायरलेस व्रोडव्याण्ड सेवा हो । नेपाल टेलिकमले पहिलो पटक नेपालमा यो सेवा भित्राएको जनाएको छ । यसको  ३ दशमलव १ एमविपिएस डाटा रेट रहेको छ । यो सेवा भने हाल काठमाण्डौ, पोखरा उपत्यका र नारायणी एवं लुम्बिनी अञ्चलमा उपलव्ध छ ।

नेपाल टेलिकमले स्काई प्रो विस्तार गरेका जिल्लाहरु:

१. मेची- ईलाम, झापा,
२.कोशी- मोरङ, सुनसरी
३.जनकपुर- दोलखा, रामेछाप, सिन्धुली
४. नारायणी -चितवन, मकवानपुर, पर्सा
५.वागमती -रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, ललितपुर, भक्तपुर , काठमाण्डौँ
६. गण्डकी- गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा
७. धवलागिरी- बाग्लुङ, पर्वत, म्याग्दी
८. लुम्विनी- पाल्पा, गुल्मी, अर्घाखाची, रुपन्देही,
९. राप्ती- रुकुम, रोल्पा, सल्यान, प्युठान, दाङ,
१०.भेरी-सुर्खेत, दैलेख, बाँके, बर्दिया
११.सेती-अछाम, डोटी, कैलाली
१२.महाकाली- बैतडी, डडेलधुरा, कञ्चनपुर

यसरी पनी चलाउनुस्:
अरुनै कम्पनी तथा सुविधाका ईन्टरनेट नियमित प्रयोग गरिरहनुभएको छ भने स्काई प्रो अप्सनलको रुपमा राख्न सक्नुहुन्छ । सधै ईन्टरनेटले निरन्तर काम गरिरहन्छ भन्न सकिन्न र गतीपनी एकै हुदैन । त्यस्तो समयमा स्काई प्रो प्रयोग गर्न सक्नुहुन्छ । पहिलो प्याकेज सकाई सकेपछि तपाईले मोबाईलमा सय पचास रुपैयाँको चार्ज गरे जसैगरी चार्ज गर्न मिल्ने हुदा अत्यावश्यक समयमा थोरै शुल्कले पनी निरन्तर ईन्टरनेटमा जोडिनको लागी पुलको काम गर्न सक्छ ।

www.merokalam.com