धमलाले भने– धादिङ दुई बाट उठ्छु

696 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धमलाले भने– धादिङ दुई बाट उठ्छु

काठमाडौं/रिपोर्टस क्लव नेपालका अध्यक्ष एवम् चर्चित पत्रकार ऋषि धमलाले आगामि संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव लड्ने घोषणा गरेका छन् । समसामयिक राजनीतिकका बारेमा रिपोर्टस क्लवमा दैनिक साक्षत्कार कार्यक्रम संचालन गर्ने धमलाले आफू धादिङ क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचन लड्न इच्छुक रहेको कुरा मूलधारलाई बताए । पहिलादेखि नै आफू प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसप्रति आस्थावान रहेको जनाउदै धमलाले पार्टीले उक्त क्षेत्रमा आफूलाई निर्वाचन लडाउने विश्वास व्यक्त गरे । धादिङको पार्टी संगठनमा आफू निरन्तर क्रियाशिल रहेको बताउँदै जिल्लाबाट आफ्नो नाममा सिफारिस हुने कुरामा विश्वस्त रहेको जनाए । प्रत्यक्ष राजनीतिमा सरिक हुने भएपछि काठमाडौंको गतिविधिका अलावा धादिङकालागि पनि समय दिने धमलाको भनाई छ ।
मुलुक संसद विहिन हँुदा पनि जनताको संसद्को रुपमा रिपोर्टस क्लवले भूमिका खेल्दै आएको छ । क्लवमा हुने बहस र छलफलले नेपाली राजनीतिलाई डो¥याएका अनेकौं दृष्टान्त छ । एक थरीले रिपोर्टस क्लवलाई जनताको अभिमत प्रकट गर्ने थलोको रुपमा पनि लिने गरेका छन् । निरन्तर पत्रकारीतामा क्रियाशिल धमला केही समय जेल बस्नसमेत बाध्य भएका थिए । प्रेस स्वतन्त्रताको आन्दोलनमा धमलाको अग्रणी योगदान रहेको छ ।

(मुलधारन्युज कम बाट)