झार्लाङवासीले विजुली बाल्ने चाहना पुरा गरे

610 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 धादिङवेसी । धादिङको उत्तरी विकट गाउँ विकास समितिको झार्लाङ  गाविसमा आईतबारदेखी विजुली बत्ति बलेको छ ।

आईतबारदेखी त्रिशुली जलविद्युत प्राधिकरणको केन्द्रिय लाईन शुचारु गरेपछि लामो समयदेखी विजुलीको पर्खाइमा रहेको झर्लाङवासीले विजुली बाल्ने चाहना पुरा गरेका छन् ।

चालु आर्थिक वर्ष २०६८÷०६९ मा गाउँ विकास समितिबाट २ लाख ९१ हजार रुपैयाँ, ०६९÷०७०मा १ लाख ५० हजार र स्थानीय जनसमूदायबाट रिन स्वरुप २६ लाख ५० हजार गरी जम्मा ३० लाख ९१ हजार रुपैयाँको लगानी पछि विद्युत सूचारु भएको छ । हालसम्म झार्लाङ गाउँ विकास समितिका वडा नं. ३ देखी वडा नं. ९ सम्म गरी २६० घरधुरी संख्याले विद्युत उपभोग सुरु गरेका छन् । आईतबारदेखी नै उनीहरुले उक्त २६० घरधुरी संख्याले नै विद्युत वालेर खुसीयाली मनाएका स्थानीय समाजसेवी रामकुमार तामाङले बताउनुभएको छ ।