अखिल नेपाल महिला संघ धादिङद्वारा मन्त्रिपरिषद् अध्यक्षलाई ज्ञापनपत्र

633 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/दोश्रो संविधानसभाको निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवारी सुनिश्चितता लगायतका ४ बुँदे माग राख्दै अखिल नेपाल महिला संघ धादिङले चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र पठाएको  छ । मन्त्री परिषदका अध्यक्षलाई ज्ञापन पत्र पठाउनु अघि संघले नेकपा एमाले धादिङका अध्यक्ष खेमप्रसाद लोहनी मार्फत पार्टीका केन्द्रीय अध्यक्ष झलनाथ खनाल समक्ष ज्ञापन पत्र पठाएको थियो ।
अघिल्लो निर्वाचनमा पनि ३३ प्रतिशत महिला उम्मेदवार नभएकाले आगामी निर्वाचनबाट महिलाको सहभागिता पूर्ण हुनुपर्ने भन्दै प्रमूख जिल्ला अधिकारी मार्फत चुनावी मन्त्रीपरिषद्का अध्यक्ष रेग्मीलाई महिला संघले ज्ञापनपत्र बुझाएको हो । संघकी अध्यक्ष गंगादेवी श्रेष्ठ द्धारा हस्ताक्षरित ज्ञापनपत्रमा सामानुपातिक सुचीमा महिलाको नाम पहिलो नम्बरमा सिफारिस गरिनुपर्ने, मनोनितको संख्यामा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने र संविधानसभामा पनि ३३ प्रतिशत महिला सहभागि गराउनु पर्ने बुँदाहरु उल्लेख गरिइएको छ । आसन्न संविधान सभाको दोश्रो निर्वाचनको मिति नजिकिदै गर्दा महिला अधिकार सुनिश्चिताका लागि विभिन्न महिला संघसंगठनहरुले अवाज उठाउदै आएका छन् ।
विभिन्न मागसहित अनेमसंघले देशैभरि जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषद अध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो ।