धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका २७ जना उम्मेदवारका आकांक्षी,समानुपातिकमा पत्रकार ऋषि धमला र नबराज लम्सालको नाम पनि

646 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी/मंसिर ४ मा हुने भनिएको संविधान सभाको निर्वाचनका लागि धादिङ जिल्लाको क्षेत्र नम्बर २ वाट नेपाली कांग्रेसवाट प्रत्यक्ष र समानुपातिक गरी २७ जनाले इच्छा देखाएका छन । 

congress_flag सोमवार धादिङबेसीमा सम्पन्न भएको २ नम्बर क्षेत्रीय भेलामा प्रत्यक्ष तर्फको उम्मेदवार वन्नका लागि पार्टीका जिल्ला सभापती रामनाथ अधिकारीका ,उससभापती नन्दप्रसाद रिजाल, यसैगरी रमेश धमला,डाक्टर राजाराम कार्की,भिमप्रसाद ढुङगाना,शिवराज अधिकारी,गेहेन्द्र मल्ल,रामकृष्ण अधिकारी र बद्री अर्यालले इच्छा व्यक्त गरेका हुन ।
समानुपातिक तर्फ इच्छा व्यक्त गर्नेहरुमा गोपाल विश्वकर्मा,कल्पना अधिकारी,डिपि अर्याल,शंकर दर्जी,इश्वर अधिकारी,उर्मिला थपलिया,नवराज लम्साल,अम्विका अधिकारी,चिजकुमार श्रेष्ठ रहेका छन । यसै गरी अश्विन लम्साल,राजन वराईली,भोजवहादुर परियार,झम्क भट्ट,सूर्यनारायण ठाकुर,खिल गिरी,शिव गिरी,ऋषि धमला र रामहरी नेपालले पनि समानुपातिक वाट उम्मेदवार वन्न इच्छा देखाएको नेपाली कांग्रेस धादिङले जनाएको छ ।
नेपाली कांग्रेस धादिङका एक नेताका अनुसार उम्मेदवार बन्न इच्छा देखाएका सबैको नाम क्षेत्रीय समितिबाट अनुमोदन गराई जिल्ला समिति मार्फत केन्द्रमा पठाईने छ ।