धादिङ न्युज डट कम सहित देशभरिका ५३ अनलाइन पत्रिका सूचीकरणमा

754 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं । प्रेस काउन्सिल नेपालले अनलाईन पत्रिका सुचीकरणका लागि एक महिनाको अबधी थप गरेको छ् । काउन्सिलले आगामी असोज १५ गतेसम्मका लागि सूचीकरणको म्याद थपेको जनाएको छ । गत साउन १६ गते बाट सुरु गरिएको अनलाईन पत्रिका सूचीकरणका लागि धादिङ न्युज डट कम सहित देशभरिका ५३ वटा अनलाइन पत्रिकाहरुले आवेदन दिएका छन् । प्रेस काउन्सिलका अनुसार साउन १६ देखि भदौ १५ सम्म एक महिनाको अवधिमा उपत्यका बाहिरबाट ९ वटा र उपत्यकाबाट ४४ वटा अनलाइन पत्रिकाहरु सूचीकरणका लागि निवेदन परेको छ ।

सुचीकरणका लागि धादिङ, बाग्लुङ र सुनसरीबाट अनलाइन पत्रिकाले निवेदन दिएका छन् । ललितपुरबाट एउटा मात्र अनलाइनले काउन्सिलमा निवेदन दर्ता गराएका छन् भने काठमाडौंबाट ४३ वटा अनलाइन पत्रिकाहरु प्रेस काउन्सिल पुगेका छन् । दर्ता र नियमनको स्पष्ट कानूनी प्रावधान नरहेको अवस्थामा नेपालमा अनलाइन पत्रिकाहरुको बढ्दो विकाससँगै यसलाई नियमन गर्न र जवाफदेही बनाउन भन्दै प्रेस काउन्सिलले सूचीकरणका लागि आह्वान गरेको हो ।
सूचीकरणमा आएका अनलाइनको निवेदनउपर अध्ययन गरी आवश्यक प्रक्रिा अगाडि बढाइने काउन्सिलले जनाएको छ ।