अर्थतन्त्र परनिर्भताकै कारण सोचे अनुसार सुधार हुन सकेन: मिन विश्वकर्मा

126 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले पुराना राजनीतिक दलहरुलाई आक्षेप लगाएर गणतन्त्रको उपलब्धीमाथि प्रश्न उब्जाउन खोजेको बताउनुभएको छ ।

भक्तपुरमा आज भएको कार्र्यक्रममा उहाँले यही वहानामा देशमा अराजकता फैलाउन खोजेको आरोप लगाउनुभयो । बिगतका सरकारले भन्दा गठबन्धन सरकारले केही काम गरे पनि सोच अनुरुप काम गर्न भने नसकेको उहाँको भनाइ थियो ।

हल्ला अनुसार अर्थतन्त्रको अवस्था डामाडोल नभएको भन्दै उहाँँले अर्थतन्त्र परनिर्भताकै कारण सोचे अनुसार सुधार हुन नसकेको बताउनुभयो ।