जापानमा भूकम्प: मृत्यु हुनेको संख्या ७८ पुग्यो
202 पटक पढिएको
एजेन्सी । जापानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्यांकअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो ।
सोमवार इशिकावा प्रान्तको नोटो क्षेत्रमा ७.६ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो ।
भूकम्प पीडितको उद्धार तथा राहत वितरण अहिले पनि जारी रहेको बताइएको छ ।