इरानद्वारा पाकिस्तानको बलुचिस्तानमा मिसाइल र ड्रोन आक्रमण गरेको स्वीकार
186 पटक पढिएको
एजेन्सी । इरानले पाकिस्तानको बलुचिस्तान प्रान्तमा मिसाइल र ड्रोन आक्रमण गरेको स्वीकार गरेको छ ।
इरान विरोधी आतंकवादी समुह जैश अल–अदलीलाई लक्षित गरेर हवाई हमला गरेको इरानको दाबी छ । तर पाकिस्तानी अधिकारीहरुले भने बलुचिस्तानमा भएको आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र तीन जना घाइते भएको बताएका छन् ।
यो घटनाले एसियाका दुई आणविक मुलुक इरान र पाकिस्तानबिच तनाव बढेको छ । पाकिस्तान सरकारले इरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ भने इरानी राजदूतलाई तेहरान फर्किनबाट रोकेको छ ।
इरानले यो हप्ताको सुरुमा इराक र सिरियामा पनि यस्तै हवाई हमला गरेको थियो । इस्लामाबादले आफ्नो भूमिमा गरिएको इरानी आक्रमणलाई गैरकानूनी भन्दै गम्भीर परिणामको चेतावनी दिएको छ ।
यद्यपि इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानले आतंकवादी समुह जैश अल–अदलीलाई निशाना बनाएपनि आफ्नो मुलुकले पाकिस्तानको स्वाधिनता र संप्रभुतालाई सधै सम्मान गरेको प्रतिक्रिया दिएका छन् ।