नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी बिजुली उत्पादन गर्छ: ऊर्जामन्त्री बस्नेत
140 पटक पढिएको
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आउँदो १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने दाबी गर्नुभएको छ ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादनको जग बसेको दाबी गर्नुभएको हो । उहाँले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासका निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्ने बताउनुभयो ।
मन्त्री बस्नेतले पछिल्लो ८ वर्षमा २२ सय मेगावाट बिजुली उत्पादन गरेको र अबको ३ देखि ४ महिनाभित्र ४/५ सय मेगावाट उत्पादन हुने बताउनुभयो । लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्न सके ऊर्जा क्षेत्रका समस्या समाधान हुने बस्नेतको भनाइ छ । लगानीकर्तालाई थप लगानीका लागि सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको उहाँको दाबी छ ।