साफ च्याम्पियनसिप- नेपालद्धारा भारत पराजित, सेमिफाईनलमा नेपालको स्थान सुरक्षीत

683 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौ /भारतलाई पराजित गर्दै नेपाल आठौ साफ च्याम्पियनसिपको सेमिफाइलनमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भर्खरै सकिएको खेलमा नेपालले भारतलाई २—१ गोल अन्तरले पराजित गरेको हो । imagesनेपालका लागि अनिल गुरुङ र जुमानु राईले एक एक गोल गरेका हुन् । खेलको ६८ औ मिनेटमा सन्दिप राईको फ्रि किकमा अनिल गुरुङले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि ८० औ मिनेमा जुमानु राईले अर्को आकर्षक गोल गरेर दोब्बर पार । खेलमा नेपालका स्ट्राईकल म्यान अफ दि म्याच भएका छन् । सन् २००६ पछि नेपालले भारतलाई पहिलो पटक पराजित गरेको हो । आजको जितपछि नेपाल समुह विजेता र भारत उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् ।