जीबी राईलाई पक्राउ गर्न नोटिस जारी

142 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । सहकारी ठगीमा फरार रहेका जीबी राईलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलले नोटिस जारी गरेको छ ।

इन्टरपोलले केही दिनअघि राईसहित फरार रहेका उक्त सहकारीका केही पदाधिकारीका नाममा डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

यसअघि नेपालस्थित प्रहरी प्रधान कार्यालय मातहत रहेको नेशनल सेन्ट्रल व्युरो (एनसीबी)ले इन्टरपोललाई नोटिस जारी गर्न पत्राचार गरेको थियो ।

राई सुदर्शन सहकारीका अध्यक्ष हुन् । राईसँगै पूर्वअध्यक्ष भुपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।