बाल यौन दुर्ब्यबहार बारे सचेतना कार्यक्रम सम्पन्न

718 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बैरेनी / परिवर्तित समय संगै बालबालिका माथि हुने गरेको बिभिन्न किसिमका दुर्ब्यबहार तथा विशेष त यौनजन्य दुर्ब्यवहारका बारेमा स्थानीय सरोकारवालाहरुक निम्ति एक दिने सामाजिक सचेतना कार्यक्रम सम्पन्न भयो | बाल संरक्षणको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था एपीसी नेपाल अन्तर्गत सामाजिक सचेतना सहभागिता तथा सहयोग  कार्यक्रमको संयोजनमा आयोजित कार्यक्रममा श्री बागेश्वरी उच्च मा. वि. श्रोत केन्द्र अन्तर्गतका १९ विद्यालयका शिक्षक/शिक्षिका, गा. वि.स. प्रतिनिधि, अ.हे.व., स्थानीय आमा समूह एवं बैरेनी प्रहरी कार्यालयका प्रहरी प्रतिनिधि समेत २६ जनाको सहभागिता रहेको थियो |DSCF6755 (1)

      यौनजन्य विषयमा ठुला मान्छेहरु समेत खुलेर कुरा गर्न हिच्किचाउने समाजमा बालबालिकाहरुले आफु पिडित हुँदा हुदै पनि आफ्ना कुरा अभिभावकलाइ समेत सुनाउन चाहदैनन् | बालबालिकाहरुले अधिकांश समय बिताउने परिवार, विद्यालय, र साथीभाईहरुकै बिचमा यौन दुर्ब्यबहार जन्य क्रियाकलाप  हुने गरेको तथ्य बारे कार्यक्रममा सरोकारवाला हरुको ध्यानाकर्षण गरिएको थियो | धेरै घटनाहरुमा  यौनका  बिषयमा  जानकारी नै नभएका साना बालबालिकाहरु यौन अपराधको शिकार  हुने गरेको पाइन्छ | यौन आशयले आर्थिक वा अन्य नाजायज फाईदा उठाउने कुत्शित उदेश्य सहित आफ्नो शक्ति नाता सम्बन्ध र विश्वासको दुरुपयोग गरि बालबालिका माथि यौनजन्य दुर्ब्यबहार हुने गर्दछ | यौन अपराधीले बालबालिकाहरुलाइ प्राय: उपहार, पैसा वा खानेकुरा को लोभमा फकाउने साथै डर वा धम्किमा पार्ने गरेका  हुन्छन | आफ्नो अपराधका बारेमा कसैले उजुर गर्न नसक्ने भएपछी यौन अपराधीहरुको मनोबल बढ्दै जाने हुँदा बेलैमा यौन जन्य अपराधीका बारेमा सचेत हुने तथा उजुरी गर्नु पर्नेमा जोड दिइएको थियो | सबै अभिभावकले आफ्ना बालबालिकालाई आफ्नो शरीरमा आफ्नो मात्र हक हुन्छ भन्ने कुरा बेलैमा सिकाउनु पर्ने, यौन दुर्ब्यबहार परेका बालबालिकाहरु लामो समय सम्म मानसिक रुपमा पिडित हुन् सक्ने हुनाले उनीहरुको उचित संरक्षण गर्ने जिम्मा पनि सबै सरोकारवालाहरुको नै हुनेबारे सचेत गराइयो | अन्तरास्ट्रिय दात्रृ सस्था एक्पाट लक्जम्बर्गको सहयोगमा एपीसी नेपालले आयोजना  गरेको कार्यक्रमको सहजीकरण ईश्वर देवकोटाले गर्नु भएको थियो | स्थानीय विद्यालय श्रोतकेन्द्रहरु संग समन्वय गर्दै आगामी दिनमा जिल्लाका अरु क्षेत्रमा पनि सरोकारवाला सचेतना कार्यक्रम विस्तार गरिने एपीसी नेपाल सामाजिक सचेतना सहभागिता तथा सहयोग  कार्यक्रमका संयोजक देवकोटाले बताउनुभयो |

 बालबालिका माथि हुने गरेका यौन जन्य दुर्ब्यबहारका घटनाहरु समाजमा घट्ने गरे पनि पिडितको नै  सामाजिक मान प्रतिष्ठा र इज्जत सँग जोडिने हुनाले धेरै त्यस्ता घटनाहरु बाहिर आउदैन | हाल सम्म प्रहरीमा दर्ता भएका यौन दुर्ब्यबहारका धेरै घटनाहरुमा बालबालिकाहरु आफुले चिनेका नातेदार, आफन्त, साथी शिक्षक तथा आफ्नै परिवारका सदस्यबाट पिडित हुनु परेको पाइएको छ | सामान्यतया शारीरिक आघात पुग्ने खालका बलात्कार जन्य घटनालाइ मात्र यौन दुर्व्यवहारका रुपमा उजुरी गर्ने प्रचलन छ | पछिल्लो समयमा समाजमा बढ्दै गएका अनेक बिकृति संगै अश्लिल हाउभाउ, तस्बिर तथा चलचित्रको व्यापक प्रयोग हुने गरेको स्थानीय सरोकारवालाहरुले बताएका छन् |  संचारको विकास संगै  मोबाइल र इन्टरनेट मार्फत सजिलै प्रबाह हुने त्यस्ता बिकृति बारे विशेषत अभिभावकले बेलैमा सचेत हुनुपर्ने  देखिन्छ | केहि दिन अघि मात्रै  बैरेनी प्रहरीले बालयौन अपराधमा संलग्न एक युवकलाई पक्राउ गरि सजाय प्रक्रिया अगाडी बढाएको छ |