एसएलसी पूरक परीक्षाको नतिजा सार्वजनिक

574 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

काठमाडौ, २४ भदौ  /एसएलसी पू्रक परीक्षामा ६० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबार प्रकाशित गरेको परीक्षाफलमा ६७ हजार ५१ परीक्षार्थी उत्तिर्ण भएका छन् । एसएलसी पूरक परीक्षाको नतिजा अनुसार कुल परीक्षार्थीको ६० प्रतिशत अर्थात ६७ हजार ५१ जना पास भएका छन् ।

पूरक परीक्षामा १ हजार ६ सय १० जना प्रथम श्रेणीमा पास भएका छन् भने ४८ हजार ८ सय ६७ जना दोश्रो र १६ हजार ५ सय ७४ जना तेश्रो श्रेणीमा पास भएका छन् ।

साउन २० देखि २७ गतेसम्म सञ्चालित पूरक परीक्षामा देशभरिबाट १ लाख ११ हजार ७ सय २४ जना सहभागी भएका थिए । परीक्षा सकिएको २९ औं दिनमा नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिनुभयो । एसएलसी परीक्षामा दुई विषयमा फेल भएकाहरु पूरक परीक्षामा सहभागी भएका थिए ।

नतिजा एसएमएसबाट पनि थाहा पाउन सकिनेछ । त्यसका लागि मोवाइलको म्यासेज बक्समा एसएलसी टाइप गरी एक स्पेस दिएर र आफ्नो सिम्बोल नम्बर टाइप गरी ५५६६ मा एसएमएस गर्नुहोला ।गर्न सकिने उज्ज्यालो अनलाईनले आफ्नो खबरमा जनाएको छ् । यसै गरी परीक्षाको नतिजा www.soce.gov.np र moe.gov.np, doe.gov.np, slc.ntc.net.np मा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ् ।