धादिङ एमालेले ३३ जनाको नाम पठायो

676 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/ नेकपा एमालेले मंसिर ४ मा हुने भनिएको संविधान सभा निर्वाचनका लागि धादिङ जिल्लाको तीन वटै क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक गरी ३३ जनाको नाम केन्द्रलाई सिफारिश गरेको छ । सिफारिश गरिएकाहरुमा प्रत्यक्ष तर्फ एक र समानुपातिक तर्फ दुई जना पोलिटव्युरो सदस्य समेत रहेका छन । पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डेलाई धादिङ क्षेत्र नम्बर ३ मा प्रत्यक्ष तर्फ र अर्का पोलिटव्युरो सदस्य गंगालाल तुलाधरलाई क्षेत्र नम्बर २ वाट र डाक्टर पुष्प कंडेललाई क्षेत्र नम्बर ३ वाट समानुपातिक तर्फ संविधान सभा सदस्यको उम्मेदवारका लागि जिल्लाबाट सिफारिश गरिएको हो । images (2)
पार्टीको जिल्ला कमिटी बैठकले क्षेत्रवाट सिफारिश भई आएका नाममा केही नाम थप गरी केन्द्रलाई सिफारिश गरेको हो । नेकपा एमालेले धादिङबाट प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ वाट धनबहादुर घले, डाक्टर रामकुमार अधिकारी शम्भुकुमार थापा र मनमायाँ गोतामे क्षेत्र नम्बर २ वाट गुरुप्रसाद बुर्लाकोटी, खेमप्रसाद लोहनी र गंगा देवी श्रेष्ठ क्षेत्र नम्बर ३ वाट भूमिप्रसाद त्रिपाठी राजेन्द्रप्रसाद पाण्डे ,सरस्वती श्रेष्ठको नाम सिफारिश भएको नेकपा एमाले धादिङका सचिव शिव कंडेलले वताए ।
त्यसै गरी समानुपातिक तर्फ क्षेत्र नम्बर १ वाट रामहरी अधिकारी,इन्दिरा ढुंगाना ,इन्द्रबहादुर श्रेष्ठ,हरिप्रसाद पन्त,कृष्णबहादुर दाहाल,डोल बहादुर अधिकारी,बिना मल्ल ,गणेश कुमार श्रेष्ठ,मन्जु तामाङ,जिवन तामाङ,कान्छा लामा र दिनेश अधिकारी समेत गरी १२ जनाको नाम सिफारिश गरिएको छ नेकपा एमाले धादिङले जनाएको छ ।
समानुपातिक तर्फ क्षेत्र नम्बर २ वाट गंगालाल तुलाधर जगन्नाथ नेपाल ,रामप्रसाद अधिकारी,जानुका सिंखडा ,अर्जुनकुमार श्रेष्ठ ,जगन्नाथ शर्मा तिमल्सिना ,कुलमान बि.क.,पार्बती खाँड ,नारायण रुपाखेती, धर्मजित तामाङ र हरिप्रसाद शर्माको नाम सिफारिश गरिएको वताईएको छ । त्यस्तै क्षेत्र नम्बर ३ वाट डाक्टर पुष्पराज कडेल ,मायाँदेवी शर्मा, कृष्णहरी श्रेष्ठ,शंकर तामाङ ,मिनराज कडेल ,ध्रुबराज बि.क.,टाप बहादुर श्रेष्ठ,रमेश भट्टराई ,उमा नेपाल (सिंखडा ) र जितेन्द्र चेपाङको नाम रहेको छ ।