मर्न बरु गाह्रो हुन्न भन्ने फत्तेमान सबैलाई रुवाउदै अस्ताए

711 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मर्न बरु गाह्रो हुन्न ,तिम्रो माया मार्नै सकिन

वसन्तको हरियाली फूलसँगै ओइली जान्छ

निलो भूईको सेतो वादल हावासँगै उडी जान्छ

तर, तिम्रो न्यायो माया अझै पनि न्यानो नै छ

तिम्रो माया मार्नै सकिन् ।

काठमाडौं, भदौ २५ । यो कालजयी गीतका  वरिष्ठ गायक तथा संगीतकार फत्तेमान राजभण्डारी उनले गाएको गीत जस्तो सजिलो गरी मर्न सकेनन् । ७७ वर्षीय राजभण्डारी जसको सोमबार राती १२ बजेर ५० मिनेट जाँदा काठमाडौंको ओम नर्सिङ होममा उपचारका क्रममा निधन भयो  । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित राजभण्डारी विक्रम संवत १९९३ साल मंसीर १३ गते मङ्सिर पूणिर्माको दिन काठमाडौंको पशुपति देवपत्तन नजिक जन्मिएका हुन् । चारसय बढी कालजयी गीत र भजनमा स्वर तथा संगीत दिएका उनले नेपाली गीत संगीतको क्षेत्रमा पनि ठूलो योगदान गरेका थिए ।  उनको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको थियो । उनको योगदनको कदर गर्दै बंगलादेशबाट समेत लाईफ टाइम अचिभमेन्ट अवार्डले उनलाई सम्मान गरिएको थियो । उनका वनै खायो डडेलोले मनै खायो त्यै मोरीको पापी मायाले, सान्नानीको गालैमा कालो कोठी रैछ, जस्ता गीतहरु चर्चित छन । रातो र चन्द्रसूर्य जंङ्गी निशान हाम्रो गीत पनि उनैले गाएका हुन् । पशुपति वृद्धाश्रम नजिकै विहान १० बजेसम्म राजभण्डारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने भएको छ । उनको  मंगलबारनै  अन्त्येष्टी गर्ने तयारी छ ।

पिता जीतमान राजभण्डारी र आमा पूर्णमाया भण्डारीका तेस्रो सन्तानको रुप मा जन्मिएका राजभण्डारीका बुबा अमालकोट कचहरी(पशुपतिनाथको जग्गाजमिन रेखदेख गर्ने र पर्व चलाउने कार्यालय० को हाकिम द्वारे थिए । पशुपतिनाथका राजभण्डारीले पशुपतिनाथमा भण्डारेको रूपमा रहेर काम गर्नुपर्छ । यसरी भण्डारेको रूपमा काम गर्ने राजभण्डारीहरू चार खलक छन् । यी चार खलकमध्ये उनको परिवार पनि एक हो ।पशुपतिको भण्डारे भएका नाताले उनको परिवारमा व्रतबन्ध गर्दा व्रतबन्ध गर्नुअघि सुपारी र दाम राखेर राजाकहाँ विन्ती गर्नुपर्ने चलन थियो । सोही चलनअनुसार नौ वर्षको उमेरमा उनको  पनि व्रतबन्ध गर्नका लागि सुपारी र दाम राखेर राजाकहाँ विन्ती गरिएको थियो । राजाबाट व्रतबन्ध गर्नका लागि हुकुम भएपछि उनलाई चार दिन पशुपतिको भण्डारमा लगेर राखिएको थियो  । त्यही क्रममा उनी  नौ वर्षको उमेरमा भण्डारे भएका थिए ।

उनले दरवार हाइस्कुलमा १२(१३ वर्षको उमेरमा दुईचार महिना संस्कृत र पद्मोदय हाइस्कुलमा बाट ५ कक्षासम्मको अध्ययन गरेको पाइन्छ ।  फत्तेमान चार(पाँच वर्षकै उमेरमा बुबासँग  भजन भएका ठाउँमा जान्थे । यसरी जाँदा उनलाई गीतसङ्गीतप्रति रुचि बढ्दै गएको र पछि गाउन र बजाउन सिपालु भएको भनिन्छ । सानै उमोरमा देवपत्तन समूहले देखाउने थिएटरमा पनि फत्तेमानले बालबालिकाको भूमिकामा खेलेका थिए  । २०१८ सालतिर नातिकाजीको साथमा  रेडियोमा गएका  फत्तेमानले  पच्चीस वर्षको उमेरमा पहिलोपटक रेडियोमा ुहे राम नाम प्रभुको, जप्दै प्राण यो जाओस्ु भजन रेकर्ड गराएका थिए । भारतिय सङ्गीतज्ञ गुरुदास गोख्ले २०१७ सालतिर नेपाल आएका वेला  फत्तेमानले उनीसँग छ महिनाजति सङ्गीत  सिकेका थिए । पछि  २०१९ सालतिर एकेडेमीमा सङ्गीत शाखा खुलेपछि प्रो। रामप्रसाद रायसँग चार(पाँच वर्षसम्म शास्त्रीय सङ्गीत सिकेका उनको  रेडियो नेपालमा आधुनिक, भजन, राष्ट्रिय र लोक गरी चार सयवटा गीत अहिलेसम्म रेकर्ड भइसकेका छन् । बीस(पच्चीसवटा गीतमा सङ्गीत र पन्ध्र(बीस वटा जति गीतको रचना पनि उनले गरेका छन् ।

फत्तेमानले सर्वप्रथम २०२५ सालमा रेडियो नेपालबाट आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा, ुयस्तो पनि हुदो रैुछ जिन्दगिमा कैले कैले ुबोलको गीत गाएर राजा महेन्द्रबाट प्रथम भएर स्वर्णपदक प्राप्त गरेका थिए  । यसपछि २०५२ सालमा छिन्नलता पुरस्कार ,२०५५ मा प्रबल गोरखा दक्षिणबाहु लगायत हालसम्म डेढसय जति पुरस्कार प्राप्त गरिसकेका छन् ।

dailynepalnews.com