धादिङको दुई क्षेत्रवाट उम्मेदवारको नाम सिफारिश ग¥यो राप्रपाले

785 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ /तीन ठुला दलले उम्मेदवारका लागि जिल्लावाट सम्भावित नामहरुको सूचि आ–आफ्नो केन्द्रीय कार्यालयलाई सिफारिश गरेलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि धादिङ जिल्लाको दुई क्षेत्रबाट प्रस्तावित उम्मेदवारहरुको नाम सिफारिश गरेको छ । images (7) download
राप्रपाले धादिङ जिल्लाको २ नम्बर क्षेत्रबाट प्रत्यक्ष तर्फ बुद्धिमान तामाङ, नन्दप्रसाद काप्री,विन्दा कंडेलको नाम केन्द्रलाई सिफारिश गरेको छ भने समानुपातिक तर्फ मनकुमार श्रेष्ठ,नन्दराम विक,शान्तिमााया गुरुङ,पार्वती कोईराला,भीमवहादुर मगर,बलवहादुर थापा र भक्तकुमार श्रेष्ठको नाम सिफारिश गरेको छ ।
क्षेत्र नम्बर ३ वाट प्रत्यक्ष तर्फ जितवहादुर भण्डारी,प्रेमबहादुर अधिकारी,गीतासाद आचार्य,तारावहादुर पाठक र कुलदेवी सिलवाललाई सिफारिश गरेको छ भने समानुपातिक तर्फ ठाकुर शर्मा,खेमराज उप्रेती,सहदेव भारती,दिपक खरेल,रामचन्द्र अधिकारी,सानुराम घलेको नाम सिफारिश गरिएको राप्रपाले जनाएको छ ।
यस अघि क्षेत्र नम्बर १ वाट चुनावमा सहभागिता जनाउंदै आईरहनुभएका बुद्धिमान तामाङलाई क्षेत्र नम्बर २ वाट र ठाकुर शर्मालाई क्षेत्र नम्बर ३ मा समानुपातिक तर्फ सिफारिश गरिनुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन । क्षेत्र नम्बर १ वाटभने छिट्टै नै प्रस्तावित उम्मेदवारहरुको नाम सिफारिश गरिने वताईएको छ ।