जनलहर नदेखेर एमाओवादीले चुनाव सार्न लागेको हो– नेता ओली

818 पटक पढिएको

सम्पादक: Dhadingnews.com

राजेन्द्र आचार्य
चितवन, ३० भदौ । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले एनेकपा माओवादीले आफनो पक्षमा जनलहर नदेखेर चुनाव सार्ने खेलमा लागेको वताए । जनलहर नदेखेपछि एमाओवादी एउछै दाऊमा लागेको छ –नेता ओलीले भने । यसका लागि वैद्यजीको आड देखाउदै चुनाव सार्ने षड्यन्त्र हुदैछ ।
पूर्वी चितवनको रत्ननगरमा जारी युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलाको बन्द शत्रलाई सम्बोधन गर्दै नेता ओलीले एमाओवादी जनलहर नदेखेर नै चुनाव सार्ने लागेको हो । उनले एमाओवादीको षडेयन्त्रलाई निस्तेज पार्ने सबै दलले एकजुट नहुनको विकल्प नभएको प्रष्ट पारे ।
नेता ओलीले देशमा निर्वाचनको विकल्प नभएको भन्दै नेता ओलीले कुनै पनि हालतमा निर्वाचन सार्न नहुने दोह्रोराएका थिए । उनले एकिकृत नेकपा माओवादी निर्वाचन र लोकतन्त्रमा विश्वास नगरी जालजेल र षडयन्त्रमा विश्वास गर्ने पार्टी भएकाले मंसिर ४ को निर्वाचन बीथोल्न उसले सबै रणनिति प्रयोग गर्ने तयारी गरेको पनि ओलीको थप आरोप थियो ।
देशलाई फेरी हिंसामा लान खोज्ने, जालझेल दुषप्रयास र अलोकतान्त्रिक शक्तिलाई एमालेले कुनै हालतमा सफल हुन नदिने बताउदै नेता ओलीले निर्वाचन विरोधी शक्तिलाई एमालेले तह लगाउने दावी गरे ।
आगामी संविधानसभा निर्वाचनमा एमाले पहिलो शक्तिका रुपमा उदय हुने दावी गर्दै नेता ओलीले एमालेको बहुमत पछि तोकिएको समयमा संविधान बन्नेमा ढुक्क रहन आग्रह गरे ।
सोही भेलालाई नै सम्बोधन गर्दै एमाले महासचिव इश्वर पोखरेलले लोकतान्त्रिक पक्षधरहरुको मार्चा बन्दी गरेर निर्वाचनमा जानु पर्ने बताए । उनले लोकतान्त्रिक पक्षधरको दुईतिहाई बहुमत नआएसम्म संविधान बन्न नसक्ने बताए । उनले युवा संघ र नेकपा एमाले भित्र कुनै विवाद नरहेको प्रस्ट पादै उहाले आगामी चुनावमा एमाले पहिलो पार्टी हुने दावी थियो ।
यस्तै कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले आगामी संविधान सभाको निर्वाचनमा युवा संघलाई सशक्त वनाउने बताए । उनले निर्वाचनलाई निष्पक्ष र धादलीरहीत बनाउन युवा संघ अनुसासित भएर परिचालित हुने विश्वास व्यक्त गरे ।