एमाले स्थायी समितिको बैठक बस्दै

626 पटक पढिएको

सम्पादक: Dhadingnews.com


uml flag
काठमाडौं, ३१ भदौ ।
 एमाले स्थायी समितिको बैठक आज बस्दैछ । पार्टी मुख्यालय बल्खुमा बिहान ११ बजेपछि बस्ने बैठकमा उमेद्धवारहरुको सुचि र निर्वाचन रणनितिका बिषयमा छलफल हुने सचिव युबराज ज्ञवालीले जानकारी दिए ।

एमालेले पहिले प्रत्यक्ष तर्फको उमेद्धवारहरुको नाम सुचिकृत गर्ने तयारी गरेको छ । प्रत्येक जिल्लाहरुबाट एक महिला सहित ३ जनाको नाम आइसकेको छ । प्रत्यक्ष तर्फका लागि आएका झण्डै ८ सय नामलाइ सुचिकृत गर्ने ज्ञवालीले बताए ।