पुस्तकालय गतिविधि सम्बन्धी तीन दिने तालिम सम्पन्न

966 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी/रुम टु रिडको सहयोग तथा प्रयास नेपालको आयोजनामा ३ दिने पुस्तकालय गतिविधि सम्बन्धीे तालिम मंगलवार धादिङबेसीमा सम्पन्न भएको छ । IMG_0452 (Copy) (2)
पुस्तकालयको उचित व्यवस्थापन गर्ने तरिका , पुस्तकालय सामग्रीलाई बालबालिकाको स्तर र क्षमता अनुसार पुस्तकालय घण्टी र कक्षा शिक्षणमा प्रयोग गर्ने तरिकाको साथै पुस्तकालयको दिगो विकासको लागि गर्न सकिने बिभिन्न रचनात्मक क्रियाकलापको बारेमा जानकारी गराउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको थियो । सन् २०१३ देखि पुस्तकालय स्थापना गरि पुस्तकालय सञ्चालन गर्दै आएका १० गाविस का ११ विद्यालयका २० जना शिक्षक सहित २६ जनाको सहभागिता रहेको तालिममा जिल्ला शिक्षा कार्यलयका उप सचिव जनार्दन रिजाल, प्रयास नेपाल धादिङका सचिव उषा वि क प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, रुम टु रीडका हरीराम भण्डारी प्रयासका रामप्रसाद रिजाल र राधा अर्याल ले सहजिकरण गर्नु भएको थियो । उक्त ३ दिने तालिममा पुस्तकालय सामग्रीको प्रयोगबाट कसरी बालबालिकाहरुमा पढ्ने बानीको विकास गराउन सकिन्छ भनि पुस्तकालय तथा कक्षा कोठामा प्रयोग गर्न सकिने गतिबिधिको बारेमा छलफल तथा प्रयोगात्मक अभ्यास समेत गरिएको थियो
तालिममा जिल्लाको फुलखर्क,ज्यामरुङ,कुम्पुर, मुलपानी नलाङ, सल्यानटार, दार्खा, धुषा, जोगिमारा र कल्लेरी गरी १० गा.वि.स.का ११ विद्यालयका २० जना पुस्तकालयध्यक्ष र सह पुस्तकालयध्यक्षहरुको सहभागिता रहेको थियो । तालिममा सहजिकरण गर्दै जिल्ला शिक्षा कार्यालयका उपसचिव जनार्दन रिजालले विद्यालयमा पुस्तकालयको महत्व, पुस्तकालय सामग्रीको कक्षा शिक्षणमा प्रयोग , पुस्तकालयको सामग्री र पाठ्यपुस्तक वीच अन्तर सम्बन्ध रहेको कुरा जानकारी गराउँदै बालबालिकाको सिकाइ उपलब्धी वृद्धि गर्न पुस्तकालय ठूलो महत्व भएको कुरा बताउनु भएको थियो । यसैगरी प्रयास नेपालका सचिव उषा वि.क , तथा कार्यकारी निर्देशक दामोदर अर्यालले प्रयास नेपाल धादिङ , जिल्ला शिक्षा कार्यालयको विकल्प नभइ सहयोगी संस्थाको रुपमा काम गर्ने निकायको रुपमा बुझिदिन सभागीहरुलाई आग्रह गर्नुभएको थियो ।विद्यालयमा पुगेका शैक्षिक सामग्रीहरुलाई विद्यार्थीको स्तर अनुसार प्रयोग गर्न गराउन तथा पुस्तकालयको दिगो विकास गर्दै पुस्तकालयलाई निरन्तर रुपमा अगाडि बढाउन पनि सहभागी शिक्षकहरुलाई ताmिमका क्रममा अनुरोध गरिएको थियो । तालिममा रुम टु रीडका सहायक कार्यक्रम अधिकृत हरिराम भण्डारीले पनि पुस्तकालयको स्थापना, यसवाट बिद्यालय र बिद्यार्थीमा हुने फाइदा र पुस्तकालयको संरक्षण लगायतका विषयवस्तुमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । तालिम समापनका अवसरमासहभागीहरुको तर्फबाट बोल्दै सुन्दरी नि.मा.वि कुम्पुर का शिक्षक अनुप पाण्डेले तालिममा विषयवस्तुहरु अति नै प्रभावकारी भएको र यस तालिममा सिकेका कुराहरुले शिक्षकहरुका लागि पुस्तकालय संचालन गर्नका साथै कक्षा शिक्षण गर्नको निमित्त उपलब्धी मुलक रहेको बताउनुभएको थियो । साथै यस्ता क्रियाकलापहरुबाट बालबालिकाहरुको शैक्षिक विकासमा सहयोग मिल्ने भएकाले प्रयास नेपालले यस्ता तालिमको समय समयमा आयोजना गरि पुर्नताजगी गराउन पनि शिक्षक पाण्डेले अनुरोध गर्नु भएको प्रयास नेपालले जनाएको छ ।