धादिङबेसीमा नेकपा -माओवादीको मार्चपास-जवरजस्ति चुनाव गर्न खोजिए प्रतिकार गरिने चेतावनी

487 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२ असोज / नेकपा –माओवादीले बुधवार धादिङबेसीमा मार्चपास गराउँदै पहिलो पटक सदरमुकाममा आफ्नो शक्ति प्रदर्शन गरेको छ । मार्चपास पछि माओवादीले मंसिर ४ मा संविधान सभाको निर्वाचन हुनै नदिने घोषणा गरेका छन । यदी कसैले जवरजस्ति चुनाव गराउन खोज्छ भने चुनाव होइन मुलुक गृहयुद्धमा फस्ने माओवादीको चेतावनी छ । Copy of SAM_0012
राष्ट्रिय युवा जनस्वयंसेवक दल धादिङको आयोजनामा बुधवार धादिङबेसीमा आयोजित मार्चपास पछिको कोणसभालाई सम्वोधन गर्दै नेकपा –माओवादीका केन्द्रिय सदस्य हितमान शाक्यले जवरजस्ति चुनाव गर्न खोजिए प्रतिकार गरिने चेतावनी दिएका हुन ।
चारदलको संयन्त्रका कारण मुलुकमा अस्थिरता बढेको आरोप लगाउंदै नेता शाक्यले संविधान सभा निर्वाचन मुलुकमा शान्ति र स्थायीत्वका लागि नभई राष्ट्रिय ढुकुटी खाली गर्नका लागि मात्र आयोजना हुन लागेको आरोप लगाएका छन । मंसिर ४ मा चुनाव गर्न कसैले जवरजस्ति गर्न खोज्दछ भने त्यस्तालाई माओावादीले मौन समर्थन गरेर होइन शशक्त प्रतिकार गरेर चुनाव भांडेरै देखाईदिने शाक्यले बताएका छन ।
धादिङबेसी पुछारवजारवाट शुरु भएको मार्चसाप सदरमुकामको मुख्यरोड हुंदै सरकारी कार्यालय परिसर परिक्रममा गरेर बिचवजार चोकमा आएर कोण सभाका परिणत भएको थियो । मार्चपासमा नेकपा–माओवादीका केन्द्रिय सदस्यहरु शाक्यका साथै सूर्यप्रकाश सुवेदी,अनिल शर्मा, बाबुराम गजमेरका साथै केन्द्रिय सदस्य एवम जिल्ला इन्चार्ज शेरवहादुर भण्डारी लगायतका नेताहरुका साथै विभिन्न जनवर्गिय संगठनका नेताहरुको पनि सहभागिता रहेको थियो । मार्चपासका माओवादी कार्यकर्ताहरुले एक बुथ दुई वम,उम्मेदवारलाई छप्काईदे जस्ता नारा लगाउंदै चुनावको तयारीमा रहेकाहरुलाई त्रसित पार्ने कोशिश गरेका थिए ।
नेकपा–माओवादी गठन पछि बुधवार पहिलो पटक उक्त पार्टीले सदरमुकामममा आफ्नो शशक्त उपस्थिती देखाएको हो ।