खसी चोरेर भाग्दै गरेका दुई पक्राउ

761 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,३ असोज/ चाड पर्व नजिकिँदै गर्दा जिल्ला प्रहरी कार्यालय धादिङले आफ्नो सक्रियतालाई तीव्रता दिन थालेको छ । गए राती धादिङ जिल्लाको सलाङ गाविस वडा नं ६ बस्ने नेत्र बहादुर थापाको घरबाट २ वटा खसी चोरी भाग्दै गरेको अवस्थामा पक्राउ परेका दुईजनालाई गरी बिहीवार जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।SAM_0063
पक्राउ पर्नेहरुमा बेनिघाट ९ का दिपक सिलवाल र केशब थापा रहेका छन् । घर नजिकै गोठमा बाँधिएको खसी घरमा मान्छे नभएको मौका पारी चोरी गरेर भाग्दै गरेका दुवैजनालाई स्थानियवासी र प्रहरीको सक्रियतामा बेनिघाट गाविस वडा नं १ टोड्के खोलावाट २ वटा खसी सहित पक्राउ गरिएको थियो । पक्राउ परेका दुवैजनालाई हिरासतमा राखी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।