निर्वाचनमा उम्मेद्वार मनोनयन गर्ने मिती १ साता पर सारीयो –

499 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, असोज ३ – निर्वाचन आयोगले संविधान सभा चुनावको प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेद्वार मनोनयनको मिति एक हप्ता पछि सारेको छ ।

निर्वाचन कार्यतालिका परिमार्जन गर्दै आयोगले उम्मेदवारको मनोनयन दर्ताको मिति एक हप्ता पछि सारेको हो ।

यसअघि समानुपातिक तर्फका उम्मेदवारको राजनीतिक दलहरुले पेश गर्नुपर्ने बन्द सूची असोज ७ गते थियो भने असोज १० गते प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन दर्ता गर्ने मिति तोकिएको थियो ।

आयोगले परिमार्जन गरेको कार्यतालिका अनुसार अव समानुपातिक तर्फका उम्मेदवारको राजनीतिक दलहरुले पेश गर्ने बन्द सूचि असोज १४ गतेका लागि तोकिएको छ भनेर प्रत्यक्ष तर्फका उम्मेदवारको मनोनयन गर्ने मिति असोज १७ गतेका लागि तोकिएको छ ।

मुख्य दल र सरकारले आयोगलाई उमेद्वारी दर्ताको समय थप गरिदिन छुट्टाछुट्टै आग्रह गरेका थिए ।

निर्वाचन आयोगले निर्वाचन कार्यतालिका परिमार्जन भएपनि मंसिर ४ गतेको संविधान सभा चुनावलाई कुनै असर नगर्ने स्पष्ट पारेको छ । आयोगले मंसिर ४ गते नै चुनाव हुने बताएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालिका हेर्नुहोस् :

ujyaaloonline.com