सिभिक डेभलपमेण्ट बैंकमा भाद्र महिनामा ३७ प्रतिशत बढि रेमिट

653 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/सिभिक डेभलपमेण्ट बैंक लि.ले २०७० भाद्र महिनामा गत महिनाभन्दा ३७ प्रतिशत बढि रेमिट भित्र्याएको छ । logoधादिङ जिल्लामा मात्र कार्य क्षेत्र भएको यस बैंकले जिल्लाबाट रोजगारीका लागि बिभिन्न देशमा गएका नेपाली नागरीकहरुले आप्mनो परिवारका नाममा पठाएको रकम सर्व सुलभ तरिकाबाट प्रदान गर्दै आएको छ । बैंकले जिल्लाको नीलकण्ठ गा.बि.स.मा दुई वटा कार्यालय र बैरनी, आदमघाट तथा आरुघाट स्थित शाखाबाट रेमिट सुविधा प्रदान गर्दै आई रहेको छ । बैंकले आई.एम.ई., प्रभु, वेष्टर्न युनियन, नबिल, सिद्धार्थ, रिलायबल, मेघा, सिटी एक्सप्रेस, सुलभ रेमिटसंग सहकार्य गरी रेमिट्यान्स भित्र्याउने कार्य गर्दै आएको बैकका महाप्रवन्धक प्रकाशमान वज्राचार्यले वताउनु भयो । महाप्रवन्धक वज्राचार्यका अनुसार २०७० बैशाखमा ६३५ जनाबाट रु.२ करोड ८६ लाख ८३ हजार रेमिट भित्र्याएकोमा २०७० जेष्ठमा ८३४ जनाबाट रु.३ करोड ४६ लाख ६९ हजार भित्र्याएको थियो । त्यसरी नै २०७० असारमा ६१२ जनाबाट रु.२ करोड ६९ लाख ११ हजार र २०७० श्रावणमा ५८३ जनाबाट रु.३ करोड १२ लाख १० हजार भित्र्याएको थियो भने २०७० भाद्रमा ९२० जनाबाट रु.४ करोड २७ लाख ५५ हजार भित्र्याएको छ ।
२०७० भाद्र महिनाको अभिलेखलाई आधार मान्ने हो भने प्रति व्यक्ति रु.४६ हजार भित्रिएको वज्राचार्यले वताउनुभयो ।