धादिङका लागि पांच सय ४९ म्यादी प्रहरी माग

671 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/आउँदो दोश्रो संविधानसभा निर्वाचनका लागि सरकारले विभिन्न जिल्लाहरुमा म्यादी प्रहरीको माग गरेको छ । यसै क्रममा धादिङ जिल्लामा पनि म्यादी प्रहरीमा भर्ना हुन चाहने नेपाली नागरिकहरुको लागि फारम भर्ने म्याद खुलेको छ । असोज १६ गतेसम्म जिल्ला प्रहरी कार्यालय मार्फत् म्यादी प्रहरीमा भर्ना हुनका लागि फाराम भर्न सकिने अञ्चल प्रहरी कार्यालय बागमतीले जनाएको छ । धादिङमा पांच सय ४९ जना म्यादी प्रहरीको आवश्यकता रहेको धादिङका प्रहरी नायव उपरिक्षक अशोक सिंह ठकुरीले बताउनु भयो । म्यादी प्रहरीका लागि पूर्व सुरक्षाकर्मी तथा वन रक्षकहरुलाई प्राथमिकता दिइने र १८ वर्ष पूरा भई ५० वर्ष ननाघेको हुनुपर्ने सिंहले बताउनु भयो । यसै गरी नुवाकोटका लागि चार सय ६३ र रसुवाका लागि १ सय १२ जना म्यादी प्रहरीको माग गरिएको अंचल प्रहरी कार्यालयले जनाएको छ । म्यादी प्रहरीमा भर्ना हुन चाहनेले सम्वन्धित जिल्ला प्रहरी कार्यालयबाट फारम भर्ना सक्ने बताईएको छ ।