त्रिभुवन राजपथको सिस्ने खोला क्षेत्रमा आंशिक रुपमा यातायात बन्द हुने

148 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,२०८१ कार्तिक २७, मंगलवार । नागढुंगा सुरुङ मार्ग (त्रिभुवन राजपथ) को सिस्ने खोला क्षेत्रमा आंशिक रुपमा यातायात बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार एक सूचना प्रकाशित गरी नागढुंगा सुरुङ्ग मार्ग निर्माण आयोजनाबाट काठमाडौं– धादिङ सुरुङ मार्गको सिस्ने खोला (त्रिभुवन राजपथ) यही कात्तिक २९ देखि मंसिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दुईतर्फी सडक २० मिनेट बन्द र २० मिनेट खुला रहने जनाएको छ ।

उक्त अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन बाहेकका सवारी साधन संचालनमा आंशिक रुपमा रोक लगाईएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *