वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा तीन जना पक्राउ पक्राउ पर्नेमा धादिङआदमटारका पदमबहादुर भुजेल पनि
66 पटक पढिएको
काठमाडौँ,११ मंसिर २०८१ । वैदेशिक रोजगारीमा आकर्षको तलबको प्रलोभन देखाएर रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।धादिङका एक जना सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना धादिङका रहेका छन् ।
विभिन्न देशमा पठाइदिने भनी सर्वसाधारणबाट रकम असुल गरी सम्पर्क विहीन भएका धादिङको सिद्धलेक गाउँपालिका–७ आदमटारका ३६ वर्षीय पदमबहादुर भुजेल,धनुषाको मिथिला नगरपालिका–९ का ४१ वर्षीय रवीन कोइराला र झापा बाह्रदर्शी गाउँपालिका–३का ४१ वर्षीय कार्तिकलाल राजवंशी पक्राउ परेका हुन् ।
रविनले एक लाख, पदमले तीन र कार्तिकलालले सात लाख ७० हजार लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।