काठमाडौं १८ मंसिर २०८१ । विभिन्न कारणले रिक्त हुन पुगेका स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएको छ। जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र वडाध्यक्ष गरी ४४ स्थानका लागि यो उपनिर्वाचन भएकामा सबै स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।
ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। त्यस्तै रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ को वडाध्यक्षमा पनि माओवादी उम्मेदवार निर्विरोध भएका थिए। तीन ठाउँमा निर्विरोध निर्वाचित भएपछि बाँकी ४१ सिटका लागि आइतबार मतदान भएको थियो। मतदान भएकामा दुईवटा नगरपालिका प्रमुख र एउटा गाउँपालिका अध्यक्ष पद थिए। त्यस्तै उपाध्यक्ष एवं उपप्रमुख पद ५ वटामा मतदान भएको थियो। ३३ वटा वडाध्यक्ष पनि मतदानबाटै चुनिएका छन्।
४४ स्थानमध्ये नेपाली कांग्रेसले १९ ठाउँमा विजय हासिल गरेको छ। दोस्रो बढी माओवादीले जितेको छ। उसले ११ वटा सिट जितेको छ। एमालेले ८ स्थानमा जित निकालेको छ।
यस निर्वाचनमा जसपा नेपालले २ स्थान जितेको छ भने नेकपा एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले एकएक ठाउँ जितेका छन्। यस निर्वाचनमार्फत रास्वपाले स्थानीय सरकारमा पहिलोपल्ट प्रवेस पाएको छ।
माओवादीले केही आफ्ना पुराना सिट गुमाए पनि नयाँ ठाउँमा जितेर उल्लेख्य सिट बढाएको छ। कांग्रेसले केही नयाँ ठाउँमा जित हात पारे पनि साविकका उल्लेख्य सिट गुमाएको छ। एमालेले केही वडाध्यक्षका पद गुमाएर प्रमुख र उपप्रमुखको पद जोडेको छ।
उप निर्वाचन २०८१ मा कस्कोमा कस्ले जिते:
१.काठमाडौं : कीर्तिपुर नगरपालिका प्रमुख (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित
२.जाजरकोट : नलगाढ नगरपालिका उपप्रमुख (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित
३.दैलेख : महाबु गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको )
एमालेको जित
४.बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको )
एमालेको जित
५.मोरङ : ग्रामथान गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित
६.दोलखा : गौरीशंकर गाउँपालिका उपाध्यक्ष (०७९ मा कांग्रेसले जितेको )
एमालेको जित
७.रुकुमपूर्व : पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष (०७९ मा माओवादीले जितेको )
माओवादीको जित
८.हुम्ला : सुर्केगाढ गाउँपालिका उपाध्यक्ष (०७९ मा माओवादीले जितेको )
माओवादीको जित
वडाध्यक्षहरु
१.ताप्लेजुङ : सिरिजंगा गाउँपालिका वडा नम्बर ३ (०७९ मा कांग्रेसले जितेको )
एमालेको जित
२.झापा : कन्काई नगरपालिका वडा नं ६ (०७९ मा एमालेले जितेको )
स्वतन्त्रको जित
३.तेह्रथुम : लालीगुराँस नगरपालिका वडा नं ८ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित
४.सुनसरी : गढी गाउँपालिका वडा नम्बर ६ (०७९ मा एमालेले जितेको )
काङ्ग्रेसको जित
५.ओखलढुंगा : मोलुङ गाउँपालिका वडा नम्बर ५ (०७९ मा काङ्ग्रेसले जितेको )
एमालेको जित
६.उदयपुर : त्रियुगा नगरपालिका वडा नम्बर १२ (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित
७.उदयपुर : बेलका नगरपालिका पालिका वडा नम्बर ९ (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित
८.सप्तरी : डाक्नेश्वरी नगरपालिका पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
जसपाको जित
९.सप्तरी : डाक्नेश्वरी नगरपालिका पालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको )
जसपा नेपालको जित
१०.धनुषा : धनुषाधाम नगरपालिका पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित
११.महोत्तरी : रामगोपालपुर नगरपालिका वडा नम्बर २ (०७९ मा माओवादीले जितेको )
एमालेको जित
१२.रौतहट : ईशनाथ नगरपालिका वडा नम्बर ७ (०७९ मा एमालेले जितेको )
काङ्ग्रेसको जित
१३.रौतहट : गढीमाई नगरपालिका वडा नम्बर ८ (०७९ मा जसपाले जितेको )
समाजबादीको जित
१४.रौतहट : राजपुर नगरपालिका वडानम्बर ६ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित
१५.नुवाकोट : ककनी गाउँपालिका वडा नम्बर २ (०७९ मा कांग्रेसले जितेको )
माओवादीको जित
१६.काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १६ (०७९ मा कांग्रेसले जितेको )
रास्वपाको जित
१७.काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित
१८.काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ (०७९ मा स्वतन्त्रले जितेको )
काङ्ग्रेसको जित
१९.मकवानपुर : हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ (०७९ मा माओवादीले जितेको )
काङ्ग्रेसको जित
२०.गोरखा : गोरखा नगरपालिका वडा नम्बर १२ (०७९ मा एमालेले जितेको )
माओवादीको जित
२१.गुल्मी : मुसीकोट नगरपालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित
२२.कपिलवस्तु : शुद्धोधन गाउँ पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको )
एमालेको जित
२३.रुकुमपूर्व : पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ (माओवादीको निर्विरोध जीत)
२४.रुकुम पश्चिम : सानीभेरी गाउँपालिका वडा नम्बर ५ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित
२५.रोल्पा : रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेस को जित
२६.बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित
२७.जाजरकोट : कुसे गाउँपालिका वडा नम्बर ७ (०७९ मा माओवादीले जितेको )
काङ्ग्रेसको जित
२८.दैलेख : दुल्लु नगरपालिका वडा नम्बत्रर १३ (०७९ मा एमालेले जितेको )
एमालेको जित
२९.बझाङ : सूर्मा गाउँपालिका वडा नम्बर ४ (०७९ मा एमालेले जितेको )
काङ्ग्रेसको जित
३०.डोटी : पूर्वीचोकी गाउँपालिका वडा नम्बर ६ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित
३१.कालीकोट : तिलागुफा नगरपालिका वडा नम्बर ४ (०७९ मा माओवादीले जितेको )
नेमकिपाको जित
३२.डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ (०७९ मा एमालेले जितेको )
माओवादीको जित
३३.दार्चुला : दुहु गाउँपालिका वडा नम्बर ५ (०७९ मा माओवादीले जितेको )
काङ्ग्रेसको जित
३४.कञ्चनपुर : भीमदत्त नगरपालिका वडा नम्बर ६ (०७९ मा कांग्रेसले जितेको )
काङ्ग्रेसको जित
Glue Dream strain I really like reading through a post that can make men and women think. Also, thank you for allowing me to comment!