धादिङमा अखण्ड नेपाल पार्टीको घोषणा

576 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१३ असोज ः जातीय संघीयताका बिरुद्ध संगठित हुन पुगेको अखण्ड नेपाल पार्टीले धादिङ जिल्लामा पनि आफ्नो संगठन विस्तार गरेको छ ।
शनिवार धादिङबेसीमा आयोजित जिल्ला कार्य समिति घोषणा सभा मार्फत अखण्ड पार्टीले १८ सदस्यिय जिल्ला समितिको घोषणा गरेको हो । अखण्ड नेपाल पार्टीका केन्द्रिय सदस्य एवम वागमती अंचल संयोजक केशर बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले भरतवहादुर कार्कीको अध्यक्षतामा जिल्ला कार्य समितिको घोषणा गरेको हो । DSC01270
नव घोषित जिल्ला कार्य समितिको उपाध्यक्षहरुमा शिवराम भण्डारी,रामनाथ योगी,मिनवहादुर अधिकारी र समसुद्धिन मियाँ रहेका छन र यसैगरी सचिवमा प्रेम पाण्डे र कोषाध्यक्षमा टीका सुवेदी रहेका छन भने सदस्यहरुमा भरत सुंयल,धनवहादुर पाठक,हरीमाया रायमाझी,भरत थापा,हिरावहादुर अधिकारी,कमला थापा,प्रमिला अधिकारी,उर्मिला खत्री,नरवहादुर सुंयल,गोविन्द सुयंल र जनक अधिकारी रहेको बताईएको छ ।
यसैगरी सोही घोषणा सभाले तेजवहादुर लामिछानेको अध्यक्षतामा अखण्ड भुपु संघको समेत घोषणा गरेको छ । संघको सदस्यहरुमा कृष्णवहादुर श्रेष्ठ,धनवहादुर पाठक,कमल पाण्डे र यमवहादुर पुलामी मगर रहेका छन ।

आसन्न संविधान सभा निर्वाचनमा धादिङ जिल्लाको तीन वटै क्षेत्रवाट प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारी दिने पार्टीका जिल्ला अध्यक्ष कार्कीले वताएका छन ।