अचने उच्च मावि खहरेका प्रधानाध्यापक रविदत्त सापकोटा नकावधारी समुहवाट लुटिए

1059 पटक पढिएको

सम्पादक: Dhadingnews.com

brn
धादिङ,१३ असोज ः सदरमुकाम धादिङबेसीवाट शिक्षकहरुको तलव भत्ता र बिद्यालयको खर्च लिएर जिल्लाको त्रिपुरेश्वर गाविसको खहरे तर्फ जांदै गरेका अचने उच्च मावि खहरेका प्रधानाध्यापक रविदत्त सापकोटा नकावधारी समुहवाट लुटिएका छन । नकावधारी समुहवाट लुटिएका शिक्षकवाट लुटेराहरुले ३० लाख नगद लुटेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सापकोटा त्रिपुरेश्वर उच्च मावि खहरेका प्रधानाध्यापक एवम नेत्रावती सामुदायिक क्याम्पसका प्रमुख समेत हुन । सापकोटाको टाउकोमा गहिरो चोट लागेको छ ।
धादिङबेसी सल्यानटार सडक खण्डमा पर्ने ज्यामरुङ गाविसको भकारेवाट शिक्षक सापकोटा नकाव लगाएका पांचजना अज्ञात समुहको नियन्त्रण परेर लुटिएको खवर आएको एकीकृत नेकपा माओवादीका जिल्ला नेता रामवहादुर भण्डारीले वताएका छन । दशैका लागि शिक्षकहरुको तलव र पेश्की गरी करिव ३०  लाख रुपैया भन्दा बढी नगद लिएर बिद्यालय तर्फ जांदै गरेका शिक्षक सापकोटालाई आईतबार साँझ  ६.३० वजे तिर नकावधारी समुहले उनी चढेको मोटरसाईकल नियन्त्रणमा लिई सापकोटा संग रहेको झोला खोसेर उनलाई रड र धारिलो हतियारले हिर्काएर   घाइते वनाएको अवस्थामा उनी भेटिएको स्थानीय वासीले वताएका छन । घटनास्थल नजिकै जंगल भएका कारण घटनाको जानकारी पाउन ढिला भएको र लुटेराहरु सुरक्षित स्थलतर्फ भाग्न सकेको स्थानीय वासीले वताएका छन ।

घाइते अवस्थामा रहेका सापकोटाको सल्यानटार स्थित स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ भने घटनाको जानकारी आए लगत्तै जिल्ला सदरमुकामका साथै सल्यानटार र खहरेवाट प्रहरी घटनास्थल तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यसैगरी खहरेका स्थानीयवासी र शिक्षकहरु पनि घटनास्थल तर्फ आएका छन ।सापकोटालाई थप उपचारका लागि धादिङ्बेसी ल्याइने बताईएको छ ।घटनास्थल सदरमुकामवाट २ घण्टा टाढा रहेपनि रातको समय भएकाले लुटेराहरको खोजीमा समस्या भईरहेको वताईएको छ ।