‘दैनिक ३० मिनेट छिटो–छिटो हिड्ने गरे मुटुरोग लाग्दैन’

514 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, असोज १२। विश्व मुटु दिवसको सन्दर्भ पारेर ‘स्वस्थ मुटुको बाटो हिडौं’ भन्ने  नाराका साथ शनिवार  विश्वभरी नै मुटु दिवससम्वन्धी  विविध कार्यक्रम गरिएको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले राजधानीमा उक्त दिवसकै अवसर पारेर शनिवार नै ‘मुटुलाई स्वस्थ राख्न नियमित हिंड्नुपर्छ भन्ने सन्देश दिन प्रभातफेरीको आयोजना ग¥यो ।

बरमहलस्थित प्रतिष्ठानबाट शुरु भएको ¥याली माइतीघर, त्रिपुरेश्वर, वीर अस्पताल रत्नपार्क हुँदै पुनः बबरमहलमा आएर सम्पन्न भएको थियो । कार्यक्रमलाई समापन गर्दै प्रतिष्ठानका संयोजक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाशराज रेग्मीले स्वस्थ मुटुका लागि दैनिक ३० मिनेट छिटो–छिटो हिड्नु पर्ने सन्देश कार्यक्रममा उपस्थित सबैलाई दिए । ‘हरियो तरकारी र फलफूल प्रशस्त खाने गरौं, धूमपान नगरौं, यो नै मुटु बचाउने अब्बल उपाए हो,’ उनले मन्तव्यका क्रममा भने । कार्यक्रममा बालबालिका र महिलालाई मुटु स्वस्थ राख्न विशेष ध्यान पुर्याउन अग्रह समेत गरिएको थियो ।

विश्व मुटु महासंघले सार्वजनिक गरेको तथ्याङ्क अनुशार हिड्ने बानीको कमी, चिल्लो खानपान बढी र धूमपान सेवनले वर्षेनी विश्वभरी एक करोड ८० लाख मानिसहरु मुटुरोगबाट मर्ने गरेका छन् । हप्तामा कम्तीमा पाँच दिन दिनको ३० मिनेट छिटो–छिटो हिंड्ने गरे स्वस्थ मुटुलाई सहयोग पुग्ने बताइएको छ । कडा व्यायमको कमीले पनि मुटु रोग लाग्ने गर्छ । ‘ग्रामिण भेगका मानिसले कडा परिश्रम गर्ने भएकाले उनीहरुलाई मुटुरोग कम लाग्ने गरेको  डाक्टर हेमराज कोइरालाले जानकारी दिए । ‘गाउँका मानिसलाई छुट्टै व्यायमको आवश्यक छैन,’ उनले भने, ‘शहरका मानिस विलासी हुने भएकाले उनीहरुलाई व्यामको खाँचो हुन्छ ।’ विकशित राष्ट्ररुमा २०औं शताब्दीको शुरुमा मुटुरोगबाट मर्नेहरुको संख्या १० प्रतिशतभन्दा कम थियो । २१औं शताब्दीको शुरुमा यो संख्या वृद्धि भई ५० प्रतिशत पुगेको तथ्याङ्क छ । यही गतिमा बढ्ने हो भने सन् २०२० सम्ममा मुटुरोगबाट विश्वभर मर्नेको संख्या करिब दुई करोड ५० लाख पुग्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ ।

नेपालमा १५ प्रतिशत अर्थात ५० लाख मानिस कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित रहेको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको आंकलन छ । मुटुरोगीको संख्या नेपालमा १० वर्षयता पाँच गुणाले वृद्धि भएको छ । ८५ प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन । तरकारी  र फलफूलमा बढ्दै गएको विषाधीका कारण पनि मानिसको मुटुलाई अस्वथ्य बनाउने गर्छ ।

डेली न्युज डट कम बाट