भूमि आयोग धादिङको अध्यक्षमा एमाले नेता हरिप्रसाद पन्त नियुक्त
297 पटक पढिएको
धादिङ,२९ पुस २०८१ । भूमि समस्या समाधान आयोग धादिङको अध्यक्षमा एमाले धादिङका नेता हरि प्रसाद पन्त नियुक्त हुनुभएको छ ।आयोगका जिल्ला अध्यक्षमा नियुक्त भएकाहरूको सपथ ग्रहणको कार्यक्रम सोमबार सहकारी प्रशिक्षण केन्द्र नयाँबानेश्वरमा सकिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै धादिङको अध्यक्षमा एमाले जिल्ला नेता पन्तलाई नियुक्त गरेको हो । नेकपा एमाले त्रिपुरासुन्दरी गाँउपालिका कमिटीको पूर्व अध्यक्ष समेत रहेका पन्त केन्द्रिय सदस्य खेम लोहनी निकटका भनेर चिनिन्छन् ।
यस्तै सदस्यमा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ कि शर्मिला विक नियुक्त गरिएको छ । विक पनि एमाले कार्यकर्ता हुन् । बाँकी सदस्य नेपाली काँग्रेसको सिफारिसमा नियुक्त हुनेछन् ।
भूमि आयोग धादिङका पूर्व अध्यक्ष समेत रहेका कृष्णप्रसाद अर्याल नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रिय अनुशासन आयोगको सदस्य छाडेर केही दिन अघि नेकपा एमाले प्रवेश गरेपछि एमाले पंक्तिमा अर्यालको प्रवेशलाई लिएर निकै टिका टिप्पणी भएको थियो ।
एमालेका केन्द्रिय सदस्य एवम जिल्ला इन्चार्ज खेम लोहनी र जिल्ला अध्यक्ष भूमि त्रिपाठीले पुस १३ गते अर्याललाई अंगालोमा बेरेर एमालेमा स्वागत गरेका थिए ।
पार्टी भित्र कुनै गुट र समस्या नभएको भनिंदै आएपनि एमाले धादिङमा दुई धारका बिच आन्तरिक रस्साकस्सी निकै हुने गरेको छ । केही दिन धादिङ अस्पतालको संचालन तथा व्यवस्थापन समितिको अध्यक्षमा एमाले धादिङको सचिव राधिका सापकोटाले नियुक्ति पाएपछि एमालेका एक पक्षका नेता कार्यकर्ताले असन्तुष्टि राख्दै आएका थिए ।
हरेकजसो सरकारले सुकुम्बासी समस्या तथा अव्यवस्थित बसोवासीहरुको समस्या समाधान गर्न आयोगको गठन गर्दै आएपनि खासै काम भने हुने गरेको छैन । आयोग नेता निकटका व्यक्तिलाई पालैपालो जागिर खाने उपयुक्त स्थान बन्दै आईरहेको छ । कार्यकर्ता व्यवस्थापनको लागि यस्ता आयोगको उपयोग हुने गरेको छ ।
जिल्ला अध्यक्षको तलब सुबिधा सहसचिव सरह रहेको छ भने सदस्यले उपसचिव सरहकाे सेवा सुविधा प्राप्त गर्नेछन । आयोगको सदस्य सचिवको रूपमा जिल्ला समन्वय समितिका समन्वय अधिकारीले काम गर्नेछन ।
I am not sure where youre getting your info but good topic I needs to spend some time learning much more or understanding more Thanks for magnificent info I was looking for this information for my mission
Thank you for the auspicious writeup It in fact was a amusement account it Look advanced to more added agreeable from you By the way how could we communicate