दशैं तिहारमा टेलिकमले दिने भयो छुट

657 पटक पढिएको

सम्पादक: Dhadingnews.com

    • काठमाडौं, / नेपाल टेलिकमले दशैं तथा तिहारको अवसरमा आफ्ना विभिन्न सेवामा छुट दिने भएको छ । टेलिकमले पोष्टपेड, प्रिपेड, सिडिएमए र पिएसटिएन गरी सबै प्रकारका टेलिफोन र इन्टरनेट सेवामा छुटको घोषणा गरेको छ । 
    जिएसएम तथा सिडिएमए मोबाइलबाट नेपाल टेलिकमकै नेटवर्क भित्रे हुने कल महसुल र एसएमएसमा असोज २४ गतेदेखि कात्तिक १ र कात्तिक १६ गतेदेखि कात्तिक २३ गते भित्र ५० प्रतिशत छुट दिइने टेलिकमले जनाएको छ ।
    साथै टेलिकमले फोन गरेको रकमको अनुपातमा केही बोनस दिने पनि जनाएको छ ।