____परदेशीको व्यथा: आफैलाई बिर्सदा,_____

503 पटक पढिएको

सम्पादक: Dhadingnews.com

समिर एक गरिब परिबारमा जन्मेको केटा, आफ्नो घरको ३ भाई मध्ये कान्छो छोरा, झट्ट हेर्दा राम्रो अनुहार मिलेको जिउडाल राम्रो व्यक्तित्व र मिलनसार ब्यबहार थियो । उसको नेपालको तराईमा एउटा रमाइलो ठाउँ गौरीनगर जहाँ पूर्व तिरबाट मानखोलो बगीरहेको छ, पश्चिममा भारतको घना जंगल छ,  उत्तरमा हाईवे राजमार्गले छोएको रमाइलो ठाउँ, त्यही गाऊ गौरीनगरमा हुर्केको उसको बाल्यकाल दु:ख सुखमा बित्यो।1238955_623963727624548_68524711_n

उसको बुवा र दाजु किसानी काम गर्नु हुन्छ । उनीहरुको परिबारलाई कान्छो छोरोलाई पढाउने ठुलो धोको थियो र सानैमा गाउँको बोर्डिंग स्कुलमा नाम लेखाइदिए त्यसैले समिर पनि राम्रो संग पढ्दै गयो,  उसले बि.कम पास गर्यो  अनि घरबाट बिहेको कुरा आयो तर समिर आफुसंग कुनै नोकरी पनि नभएको र मास्टर डिग्री पनि नसकी बिहे गर्न मानेन तर पछी उसको आमा र बाबाले बिहे पछी पनि पढाई र नोकरी  गर्न सकिने भनेर धेरै जिद्दी गरेपछि त्यही गाउकै सुशील कन्या सरितासंग उसको बिहे भयो  अनि बिहे भएको २/३ महिना पश्चात कामको खोजीमा शहर गयो ।

  यसरी हरेक  दिन धेरै ठाउँमा आफ्नो सीबी (बायोडाटा) हरु छोड्दै अन्तरबार्ता दिदै आउथियो तर ठाउँमा आफ्नो मान्छे कोहि नभएको हुदा निराश फर्किनु पर्थ्यो।  यसरी केही महिना बितेपछि, अब त बिहे भएको पनि ६/७ महिना बितीसक्यो उसको पत्नीको कोखमा नया पाहुना पनपनाऊन  पनि थाली सक्यो पाहुनाले आउने निम्तो पनि दिन थाले पछी त्यस्तो हुदा उसलाई निकै खिन्नता लाग्यो र अब दाजु र बुवाको मिहिनेतको भरमा आफु नपढ्ने विचार गरेर  आफ्नी पत्नीसंग सल्लाह गरेर अब केहि महिना पछी आफु बाबु पनि बन्ने तर आफ्नो कुनै कमाई आम्दानी नहुदा परिबार र बच्चालाई खुसि दिन नसक्ने हुदा परदेश जाने विचार गर्यो । 

 समिर एकदिन सबै सुतेको बेलामा आफ्नी प्यारी पत्नी सरिता र छोरी भावनालाई म्वाई खाएर र आफ्ना बाबा आमाको खुट्टा ढोगेर राति नै सुटुक्क दिल्ली तिर लाग्यो दिल्लीमा गएर उसले राम्रो कम्पनीमा काम पायो अनि घरमा चिन्ता नगर्नु एक बर्ष पछी फर्कीआउछु भनि पत्र पठायो  तर एक बर्ष भन्दा भन्दै ३ बर्ष पछी बल्ल घर आयो। जब उसले आफ्नो गाऊ गौरीनगरमा कदमहरु राख्यो ऊ त एकछिन अलमलमा पर्यो, गौरीनगरमा  पहिलाको भन्दा धेरै नै बिकाश र परिबर्तन भैसकेछ  गाउका सबै साथीभाई विदेश तिर लागेको र गाउमा पनि कोहि नभएको हुनाले साथमा आफ्नो एउटी राम्री  छोरी पनि भएको हुदा अब छोरीको लागि आफुले अब अझै धेरै कमाउने सपना  देख्न थाल्यो ।  

आफ्नो मनको कुरा बुवालाई सुनायो।  अब यति धेरै पढेको अनि  ३ बर्ष पछी बल्ल बल्ल घर आएको छोरोलाई  जाउ भनेर कसरी भनु अनि फेरि कमाउन  जान्छु भन्दा कसरी नजाउ  भन्ने भनेर दोधारमा पर्दै उनले हुन्छ भने  तर छाती माथि ढुंगा राखेर सकारात्मक निर्णय गरे  भोलिपल्ट नै उनी सहर गएर आफ्नो परिबारको बर्षभरि भात खाने खेतलाई बैंकमा बन्धक राखेर ३ लाख लिएर समिरको हाथमा राखीदिए। उनले समिरलाई सम्झाए बाबु। यो तेरो घर परिवारको बर्ष भरि भात खाने खेत लाइ बैंक मा राखेर ल्याएको छु राम्रो संग काम गर्नु अनि परिवारको बारेमा सोच्नु अब घरको जिम्बेबारी तेरो काँधमा छ कसरी घर सम्हाल्ने हो राम्ररी विचार गरेस। भन्दै छोरो लाइ आशिर्बाद दिए अनि समिर राम्रो कामको लागी काठमाडौँमा रहेको म्यानपावर कम्पनि मा बुझ्न गयो  साथीको चिनजानमा एउटा राम्रो कामको भिसा आएको थाहा पाएर त्यहाँ गयो अनि अन्तरबार्तामा पास पनि भयो अनि घर बाट सबैसंग बिदाबारी भई समिर पनि त्यस म्यानपावर मार्फत दुबईको सुपरमार्केटमा क्यासियर पदको भिसा आयो र एक हफ्ता पछी दुबईको लागी उडान भयो र दुबई पुग्यो 

           आज समिर दुबईको सुपरमार्केट कम्पनीमा रमाइरहेको छ किनकी दुबई सँसारको सबै भन्दा बिकसित सहर जहाँ दुनियाको नज़र छ।  विश्वका पर्यटक मानिसको गन्तब्यहरु मध्य दुबई पनि एक हो।  बिलासिता र धेरै पैसा हुनेहरुको यहाँ कहिले रात पर्दैन पैसा हुनेहरुको लागि उडाउने ठाउँहरु पनि धेरै छन्  । धेरै मानिसहरु आफ्नो भाग्य अजमाउन यहाँ आउछन । सत्य बाटो अंगाल्नेहरु कोहि बनेका छन् त कोहि कोही बिग्रेका पनि छन्।  यहाँ १७५ भन्दा बढी राष्ट्र बाट मानिसहरु कामको शिलसिलामा यहाँ आउने गर्छन ।  यस्तै यस्तैमा समिर पनि एक थियो।  उसले त्यहाँ सुपरमार्केटमा काम गर्दै जादा रमाइलो लाग्दै गयो। सबै साथीहरुको केटी साथीहरु थिए तर उसको कोही पनि थिएन,किनकि उसले आफ्नो बुढा हुनुभएका बुवाआमा, दाजु भाउज्यु आफ्नी प्यारी पत्नी सरिता अनि छोरी भावनालाई सम्झीरहेको थियो।

 यसरी २ महिना बित्यो समिरले हिमाल रेमिटबाट १ लाख घर बुवाको नाममा पठायो  सरिताको नाममा पनि  सुटुक्क दश हजार पठायो । घरमा बुवा आमा पनि ओहो २ महिनामै छोरोले १ लाख रुपैया पठायो भने अब त चाडै नै कर्जा तिर्ने भो भनेर खुसि भए यसरी ३ /४ महिना पश्चात दुबईमा समिरलाई अब साथीभाईसंग कहिलेकाही बरदुबई तिर  घुम्न जान मन पनि लाग्न थाल्यो ।  यूएईको बरदुबई भनेको शुक्रबार नेपाली केटाकेटी र आफन्तहरुको जमघट हुने थलो हो जसलाई नेपाली चोकको नामले चिनिन्छ । बरदुबईमा भेटघाट पश्चात नेपालीहरुले खोलेका २ वटा होटल छन। जहाँ नेपाली परिकार नेपाली खाना, म:म पाइन्छ, त्यहाँ गएर साथीभाई केटाकेटिहरुले रमाइलो गर्छन अनि बेलुका आफ्नो ठाउमा फर्कन्छन। यसरी समिर पनि बिस्तारै बिस्तारै अरुझैँ विलासितामा हराउन थाल्यो ।

 

 केही महिनापछी त्यही सुपरमार्केटमा संगै काम गर्ने एउटी फिलिपिनी केटी साथी क्रिस्टिनाले उसको ब्यबहार देखेर मन पराएर प्रेम-प्रस्ताब राखीन तर समिरलाई कस्तो कस्तो अफ्ठ्यारो लाग्यो। उसले आफ्नो घर-परिबार सरितालाई सम्झियो, छोरी भावना र बुढाबुढी भएका आफ्ना आमाबुवालाई सम्झियो।समिरले आफु बिबाहित भएको र साथमा छोरी पनि भैसकेको हुनाले साथी मात्र बन्न सक्ने तर त्यस्तो गर्न नचाहेको जवाफ दिन्छ ।  केही दिन पश्चात त्यो फिलिपिनी केटी क्रिस्टिनाले समिर बिबाहित भए पनि केहि फरक नपर्ने दुबई बसुन्जेल साथी  बन्न चाहेको र घरपरिवार संग कुनै मतलब नभएको बताउछिन।  

धेरै सोच पश्चात: आफ्नो सम्पूर्ण बाध्यतालाइ बिर्सेर तर पछि उसले पनि  हया के नै हुन्छ र जिबन भनेको यस्तै नै हो अब कति विदेशमा मात्र  बस्ने हो घरमा चाहिने भनेको पैसा नै हो पैसा पठाई दिए त हुन्छ भनेर मनमा अनेकौ कुरा खेलाएपछी अब कति एक्लो जीबन काट्ने जस्तो मानेर कृष्टिनाको प्रेमलाई स्वीकार गर्यो। यसरी मानिस एकछिन क्षणिक खुशी र जोशमा होश हराउदा आफ्नो सबै जिम्बेबारीलाई बिर्सेर गलत गर्दछ ।  यो नै मानिसको ठुलो भुल हो कसैले तपाई भनेर तपाई आउने दिन पर्खेर बसेको हुन्छ भने तपाईले पनि उसलाई धोखा दिनु भनेको ठुलो पाप हो” हैन र ?

दुबईमा सबैलाई भन्न मिल्दैन तर जति पनि नेपाली छन् त्यसमा  ४०% युवायुवतीहरु भनेको अनैतिक काममा संलग्न छन ।  नेपाली चेलीबेटीहरु आफ्नो मान र मर्यादालाई भुली सकेका छन् ।  नेपाली युवतीहरु प्राय: नेपाली युवासंग हिड्न लाज मान्छन उनीहरु बंगाली र पठानी (पाकिस्तानी) हरुसंग हाथमा हात हालेर डेटिंगमा हिडीरहेका हुन्छन,नेपालीलाई देख्दा नेपालीमा कुरा गर्दैनन् नजाने पनि  ठुटे इंग्लिशमा बोल्छन अनि नेपाली भनेर चिनाउन चाहन्नन् । कागले म हास हु भनेर कहाँ हुन्छ र ? यस्तो छ हाम्रा प्रायजसो चेलीबेटीहरुको चाला तर  नेपाली युबकहरु पनि कम छैनन् यहाँ फिलिपिना,इन्डोनेसियन, अन्य पनि  केटीहरुसंग रमाई रहेका हुन्छन । अब यहाँ लभ गरी बिहे नै गरेर बस्ने जुनी काट्नेलाई त भन्नु हुदैन त्यो उनीहरुको व्यक्तिगत मामला हो   तर जसले घरमा बिचारी दुलही हुदाहुदै मनोरंजनको लागि जुन पैसा र समयको बर्बाद गरिरहेका छन् त्यो भयङ्कर ठुलो गल्ती हो भने त्यो हाम्रो देश को लागि पनि दुर्भाग्य हो 

यसरी समिर पनि फिलिपिना साथीसंग नाजायज रुपमा संगै बस्न थाल्यो उसले घर परिबार सबै बिर्सियो ।

       यसरी मानिसले आफैलाई बिर्सदा दु:ख गरेकी र उसको पर्खाइमा बसेकी बिचरा घरकी दुलही सरिता छोरी भावना अनि बूढा भएका बाउआमा इष्टमित्र  र बैंकबाट लिएको कर्जा पनि सबै बिर्सियो, एक बर्ष भयो न पैसा पठाउछ न घरमा फोन गर्छ  एकदिन बैंकबाट हाकिम साहबहरु आएर कर्जा नबुझाए अब जग्गा लिलाम गर्नुपर्नेछ त्यसैले ऋण तिर्ने कोसिश गर्नुस  भनेर पत्र दिएर गए समिरको बाबा लाई धेरै चिन्ता पर्यो त्यसपछी समिरलाई फोन गर्दा समिरले फोन पनि उठाएन  अब बूढा भएका बाउलाई कति चिन्ता भो…त्यही चिन्तै चिन्ताले गर्दा बाबु बिरामी परे दाजुहरु पनि बिचरा सकेको ऋण तिर्नलाई कहिले कसैको घर कहिले कसैको घर गर्दा थाकेर आखिरमा मुग्लान पसे समिर पनि फिलिपिना साथीसंग नाजायज रुपमा संगै बस्न थाल्यो उसले घर परिबार सबै बिर्सियो अलिअलि गर्दै पैसा पठाऊन  थाले, बिचरा त्यो भारतमा चौकीदारको काम गरेर कति नै कमाई हुन्छ र ?  फेरी पनि दाजु र बाउले हिम्मत हारेनन ,तर पनि ब्यबहार डामाडोल भयो ।

 आखिरमा उनको जग्गा बैंकले निलामीमा चडायो उता समिर पनि त्यो फिलिपिनो केटीसंग बस्न लागेको १ बर्ष भैसकेको रहेछ। समिरले एक बर्षमा एक महिना छुट्टि पाउदथियो तर त्यो फिलिपिनो केटीको लागि लोकल छुट्टी लिएर बस्यो समिर पनि फिलिपिना साथीसंग नाजायज रुपमा संगै बस्न थाल्यो उसले घर परिबार सबै बिर्सियो त्यसैको ३ महिना पछी एकदिन त्यो केटी पनि छुट्टीमा फिलिपिन गई, समिरले तिमि पनि लोकल छुट्टी लेउ फिलिपिन नजाउ भन्दा मानिन र अनेकौ बहाना गरेर फिलिपिन गई” समिरको नामको र आफ्नो नामको पनि  क्रेडिटकार्ड बाट पैसा निकालेर गएपछि फर्केर आइनन “अब समिरलाई त्यो क्रेडिट कार्डको हरेक महिना किस्ता तिर्दा तिर्दा आफ्नो तन्ख्वाहले नपुग्ने भयो “।  

समिरले बल्ल थाहा पायो आफु बर्बाद भएको जब त्यो फिलिपिनो केटी एक महिनाको छुट्टी काटेर फर्केर आइनन … एक दिन समिर बिहान सुतिरहेको थियो उसको मोबाइलमा रिङ्ग बज्यो फोन उठायो कृष्टिनाको रहेछ  कृष्टिनाले आफुले घरको बाध्यतामा परि अर्को बिहे गरिसकेको हुनाले मलाई बिर्सिदिनु त्यो हाम्रो अतित थियो भनेर भविष्यमा खुसि रहने कोसिस गर्नु जे भयो त्यसको लागी मलाइ माफ गरिदिनु ….भन्ने कुरा सुने पछि  यसरी अब बल्ल घरको याद आउन थाल्यो । 

 ३ महिनापछी घरबाट फोन आयो उसको बुवा स्राहै बिरामी हुनुहुन्छ अस्पतालमा भर्ति गरेको छ, चाडै नै घर आउनु पर्यो भने पछि उसलाई असह्य भयो अब समिरले के गरोस पैसा जति जति आउछ क्रेडिट कार्ड र बैंकको किस्ता बुझाउनु पदर्छ । आखिरमा कम्पनीलाई भन्यो कम्पनिले पनि पहिले नै धेरै कर्जा लिएको हुदा उसको कर्जा फेरि स्वीकृत भएन आखिरमा केहि साथीको सल्लाह अनुसार नेपालीहरुको दु:ख र सुखमा काम गर्दै आएको पबित्र संस्था नेपाली जनप्रगतिशील मंच (यूएई) मा आबद्ध सम्पूर्ण नेपाली दाजुभाईहरु संग सम्पर्क गर्यो । त्यसपछि संस्थाकै पहल र नेतृत्वमा आर्थिक सहयोग जुटाएर समिर लाई  नेपाल पठाई दिए, स्मरण रहोस नेपाली जन प्रगतिशील मंच (यूएई) संसार भरि नै छरिएर रहेका सम्पूर्ण देशभक्त नेपालीहरुलाई एकता गराएर दु:खमा परेका समिर जस्ता धेरै नेपाली दाजुभाई र  चेलीबेटी हरुको उद्धार गर्ने गर्दछ । यो पबित्र संस्था यूएईमा पनि २००७  सबै भन्दा अगाडी सक्रिय समाजसेवी संस्था हो । समिरलाई पनि सबै मिलेर आर्थिक सहयोग गर्दै प्लेन टिकट समेत काटेर नेपाल पठाई दिए । 

समिर जब घर पुग्यो  बल्ल थाहा भो उसको बाबु त बैंकको कर्जा तिर्न नसक्दा जग्गा लिलाम भए पछी चिन्तै चिन्तामा डुबेर यो सँसारमा कहिले नफर्किने गरि टाडा गएछन ।  उसलाई धेरै पश्चाताप भयो उसले आफ्नो हातमा आएको मौका पनि समयलाई चिन्न नसक्दा आज यो दुर्गति भयो । आमा पनि बिरामी परिन उसको दाजुहरु पनि बाबाको मृत्युको खबर थाहा पाएर उहिदिन सदीगति गर्न लाई आएछन । समीरको दुर्भाग्य न बाबुको मुख देख्न पायो न आफुले खुसि पायो काजक्रिया सकिएपछि एकदिन आफ्नी छोरी भावनाको मुखमा हेर्यो अनि छोरीले भनि : बाबा हजुर त हाम्रो भबिष्य बनाउनको लागी हामीदेखि टाडा सात समुन्द्र पारी विदेश जानु भएको थियो हैन र ?  आखिरमा विदेश गएर हामीबाट टाडा भएर बाबालाई आफन्तलाइ गुमाएर के पाउनु भो त बाबा?  हामीलाई दु:खी बनाएर तपाई कसरी खुशी हुन सक्नु हुन्छ र  ।   

हजुरको साहारा मानेर बस्ने यहाँ धेरै छन् भन्ने किन बिर्सनु भयो बाबा ? आफ्नो लागी त जो पनि बाचेको हुन्छ नि हैन र अरुको लागी बाच्न सिक्नु पर्छ भनेर हजुरले सधै मम्मीलाइ सत्य कुरा सिकाउनु हुन्थ्यो आज के भयो बाबा ? छोरीको यस्तो ज्ञानी कुरा सुन्दा समिर आफु निकै तल गिरेको आभाष भयो,उसलाई जब उसले  यस्तो शब्द सुन्छ तब  समिरलाई भक्कानो छुटेर रुन आयो र छोरीलाई अंगाल्यो तर सरिताले छोरीलाई आफूतिर तानेर झगडा गरी कहिले नफर्किने भन्दै माईत गईन,यो सब दृश्य बुढी भएकी आमाले देखि रहेकी थिइन अनि जे भए पनी आमाको मन नै हो जति गल्ति गरे पनि सामान्य नै मान्छन त्यसैले समिर केहि छैन बाबु मानिस बाट एक पटक गल्ती हुन्छ ।  

त्यसलाई बारम्बार दोहोराउन हुन्न छोरा आइजा तलाई भोक लाग्यो होला बिहान देखि भोकै छस हिड भित्र  खाना पस्किन्छु हात धोएर आइज भनेर भन्दा उसको मुटु चर्कियो ।  त्यहि राती आमालाई अब दाजु-भाउज्युको साथमा छोडेर आफुले गल्ती गरेकोमा पश्चाताप गर्दै  त्यस अनकन्टार अँधेरी रातमा यसरी हिड्यो बेपत्ता भयो।  भोलि बिहान सबैले खोजी गरे उसको तर कसैले भेट्न सकेनन ।  भोलि खबर सुन्ने बित्तिकै सरिता पनि आफ्ना माइती बाबा अनि  छोरी भावनालाइ लिएर गौरीनगर आइन ।

 नलाई पनि यति लामो समय पछि घरमा आएको आफ्नो गल्तीको महसुस गर्दै सुधार गर्ने बाचा गर्दा गर्दै पनि आफ्नो सिन्दुर संग रिसाएर माइत गएकोमा पश्चाताप गरिन।  समीरको धेरै खोजी भयो तर उसको आज सम्म पनि कुनै  थाहा छैन समिर कहाँ छ भनेर …… साथी हो यसरी समयमा ध्यान नदिने हो भने जोशमा होश गुमाउदा एकै छिन आफुलाई बिर्सदा कस्तो हुदो रहेछ हाम्रो जीबन स्वयं  हामीलाई थाहा हुदैन तर हामी बाट धेरै कुराहरु टाडीइरहेका हुन्छन त्यसैले पहिला म को हु र मेरो जिम्बेबारी के हो ? भन्ने कुरा चिन्नु पर्छ तपाई आफ्नो लागि हैन अरुको लागी बाँच्न सिक्नु पर्छ ! बास्तवमा त्यहि नै जीबन हो ! समयलाई चिनेर राम्रो काम गरी अगाडी बढेमा हाम्रो जिबन फुल हो तर आफु र समयलाई नचिनेर गलत बाटोमा हिड्ने हो भने हाम्रो जीबन काँडा हो । 

 

– यो कथा लेखक ऋषिराम पाठक “गौरीप्रेम” को ” बागबान र माली” बाट साभार गरिएको हो । 

हिमालयन बैंक लिमिटेड (हिमाल रेमिट) शारजाह (यूएई) हिमालयन बैंक लिमिटेड (हिमाल रेमिट) शारजाह (यूएई)