धादिङमा २८ राजनैतिक दल र २३ स्वतन्त्र उम्मेदवारी को कहांवाट उठे ?

659 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/मंसिर ४ मा हुने संविधान सभा निर्वाचनका लागि धादिङ जिल्लामा २८ वटा राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुको परेको भएपनि कुनै पनि राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुका बिरुद्ध दावी विरोध नपरेको भएपनी  चुरे भावर राष्ट्रिय एकता पार्टी बाट  प्रत्यक्षतर्फ धादिङ्ग क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुदन खाँडको उमेर नपुगेको भन्दै निर्वाचन आयोगले सुदनको उम्मेद्वारी रद्द गरेको छ् । धादिङमा  उम्मेदवारका लागि मनोनयन दर्ता  गरेका कसैलाई पनि कुनै उजुरी र दाबी बिरोध नपरेको  भएपनी सुदनको भने उमेर नपुगेका कारण उम्मेद्वारी रद्द भएको हो ।
असोज १७ गते भएको उम्मेदवारी मनोनयनका क्रममा १० वटा दलले तीन वटै क्षेत्रमा ७ वटा दलले दुई वटा क्षेत्रमा र अर्का १० वटा दलले एउटा मात्र क्षेत्रमा उम्मेदवारी मनोनयन गराएका थिए । त्यसैगरी क्षेत्र नम्बर १ मा ९, क्षेत्र नम्बर २ मा १० र क्षेत्र नम्बर ३ मा ५ जनाको स्वतन्त्र उम्मेदवारी मनोनयन भएको थियो । तीन वटै क्षेत्रमा उम्मेदवारी मनोनयन गराउने दलहरुमा नेकपा एमालेले क्षेत्र नम्बर १ मा धनवहादुर गुरुङ,क्षेत्र नम्बर २ मा गुरुप्रसाद बुर्लाकोटी,क्षेत्र नम्बर ३ मा राजेन्द्र पाण्डेलाई, एकीकृत नेकपा मओावादीले क्षेत्र नम्बर १ वाट पुष्पबिक्रम मल्ल, क्षेत्र नम्बर २ वाट कल्पना धमला र क्षेत्र नम्बर ३ वाट शालिकराम जमकट्टेलको उम्मेदवारी दर्ता गराएको थियो ।
त्यसैगरी नेपाली कांग्रेसको तर्फवाट क्षेत्र नम्बर १ मा तिलक रुवाली, क्षेत्र नम्बर २ मा रामनाथ अधिकारी र क्षेत्र नम्बर ३ मा बुद्धलक्ष्मी लामालाई र नेकपा मालेले क्षेत्र नम्बर १ वाट भरत नेपाल,क्षेत्र नम्बर २ वाट हरी आचार्य र क्षेत्र नम्बर ३ वाट रामेश्वर सिम्खडाको नाम दर्ता गराएको थियो । मनोनयन दर्ताकै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीवाट क्षेत्र नम्बर १ वाट बुद्धिमान तामाङ, क्षेत्र नम्बर २ वाट नन्दप्रसाद काप्री र क्षेत्र नम्बर ३ वाट जितवहादुर भण्डारी,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल वाट क्षेत्र नम्बर १ मा श्याम लामा, क्षेत्र नम्बर २ मा अप्सरा पन्त र क्षेत्र नम्बर ३ मा सुदिप उप्रेतीको मनोनयन दर्ता भएको थियो । जिल्लाको तीन वटै क्षेत्रमा मनोनयन गर्ने अन्य दलहरुमा नेकपा वाट क्षेत्र नम्बर १ मा दिलवहादुर घिमिरे, क्षेत्र नम्बर २ मा गोमाकुमारी लामिछाने र क्षेत्र नम्बर ३ मा कान्छा तामाङको उम्मेदवारी दर्ता भएको थियो । यसैगरी संघिय गणतान्त्रिक समाजवादी पार्टी वाट क्षेत्र नम्बर १ मा गजवहादुर लामा, क्षेत्र नम्बर २ मा जंगवहादुर तामाङ र क्षेत्र नम्बर ३ मा टेकवहादुर तामाङ,सदभावना पार्टीवाट क्षेत्र नम्बर १ मा रामेश्वर पोखरेल, क्षेत्र नम्बर २ मा सूर्यवहादुर थापा र क्षेत्र नम्बर ३ मा प्रकाशचन्द्र रावलले उम्मेदवारी दर्ता गराएका थिए ।
दुईवटा क्षेत्रमा मात्र उम्मेदवारी मनोनयन गर्नेहरु आठ वटा दल मध्येवाट अखण्ड नेपालले क्षेत्र नम्बर १ मा मिनवहादुर अधिकारी र क्षेत्र नम्बर २ मा निरवहादुर अधिकारी,शान्ति पार्टी नेपालले क्षेत्र नम्बर २ मा कमल कोईराला र क्षेत्र नम्बर ३ मा नवराज अर्याल, जनमोर्चा नेपालले क्षेत्र नम्बर २ मा नवराज थापा र क्षेत्र नम्बर ३ मा टंकबहादुर भण्डारीको उम्मेदवारी मनोनयन गरेको थियो । त्यसैगरी नेपाल मजदुर किसान पार्टीले क्षेत्र नम्बर २ मा राजेन्द्र चवाल र क्षेत्र नम्बर ३ मा देव त्वनाबासुलाई, राष्ट्रिय नागरिक पार्टीले क्षेत्र नम्बर २ मा विरवहादुर पौडेल र क्षेत्र नम्बर ३ मा वाबुराम थापा काजीलाई र समाजवादी जनता पार्टीले क्षेत्र नम्बर १ मा डल्ले सार्की र क्षेत्र नम्बर २ मा सुके सार्कीलाई उम्मेदवार मनोनयन गराएको थियो ।

मनोनयन दर्ता गराउने क्रममा जिल्लाको एउटा मात्र निर्वाचन क्षेत्रमा १० वटा दलको उम्मेदवारी परेको छ । एउटा मात्र क्षेत्रमा उम्मेदवारी दिनेदलहरुमा मधेसी जनअधिकार फोरम गणतान्त्रिकवाट क्षेत्र नम्बर १ मा मानवहादुर अधिकारी, हरिवहादुर गुरुङले मंगोल नेशनल अर्गनाइजेशनवाट क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका रामजी लम्सालले क्षेत्र नम्बर २ मा, चुरेभावर राष्ट्रिय एकता पार्टीवाट सुदन खांड ठकुरीले क्षेत्र नम्बर २ मा राष्ट्रिय एकता पार्टीबाट कृष्णप्रसाद पाण्डेले क्षेत्र नम्बर १ मा,सहदेव तामाङले राष्ट्रवादी जनता पार्टीवाट क्षेत्र नम्बर २ मा,बिष्णुकुमार श्रेष्ठले नेपाल परिवार दलवाट क्षेत्र नम्वर २ मा, सानुकान्छा तामाङले शिव सेना नेपाल वाट क्षेत्र नम्बर २ मा र कर्णवहादुर तामाङले राष्ट्रिय जनमुक्ती पार्टीवाट क्षेत्र नम्बर ३ मा उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । त्यसैगरी क्षेत्र नम्बर ३ मा राष्ट्रवादी जनता पार्टीवाट शुरेश कुंबर, देशभक्त पर्यावरणीय सामाजिक मोर्चावाट राजकुमार अर्यालले मनोनयन दर्ता गराएका छन ।
जिल्लाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार तिलक रुवालीका बिरुद्ध नेपाली कांगेसका फणिकान्त छत्कुलीले वागी उम्मेदवारी दर्ता गराएका छन । छत्कुली वाहेक क्षेत्र नम्बर १ वाट स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गर्नेहरुमा रुद्रवहादुर गेलाङमगर,ठाकुर सिम्खडा,विजयकुमार तामाङ,चन्द्रवहादुर अधिकारी,सन्तोष सिटौला,फैसिंह घले,आईतराम तामाङ,पन्थ तामाङ,आईतराम गुरुङको स्वतन्त्र उम्मेदवारी परेको छ । त्यसैगरी क्षेत्र नम्बर २ मा अम्विका अधिकारी,बसन्त आचार्य,कृष्णप्रसाद लम्साल,जीतवहादुर दमाई,अर्जुनकुमार श्रेष्ठ,भरत ढुङ्गाना,शिवराम भण्डारी,रुद्रवहादुर खत्री,बद्री नेपाल र शंकर दर्जीको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।
सबैभन्दा थोरै स्वतन्त्र उम्मेदवारी क्षेत्र नम्बर ३ मा परेको छ । यस क्षेत्रवाट प्रल्हादप्रसाद खकुरेल,निर्पेश न्यौपाने,गंगासागर नेपाल,सहदेव सिलवाल र गणेशलाल श्रेष्ठको उम्मेदवारी मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।