‘म्हेन्दो माया बचाऊ’ अभियान कार्यक्रम

738 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं / लप्सङकर्पो सामुदायिक मञ्च, धादिङ्गको आयोजनामा संस्कृति बचाऊ अभियान अर्थात म्हेन्दो माया बचाऊ अभियान अन्र्तगत बिष्णुमति कलेज गोंगबुमा म्हेन्दो माया कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा समाजसेवी तथा नेपाल किस्पाङ तामाङ एकिकृत विकास संघ स्वयम्भुकी अध्यक्ष च्यौकी माया तामाङ हुनुहुन्थ्यो । उहाँले कार्यक्रमको अर्थ बताउँदै म्हेन्दोमायाको अर्थ फुलको माया अर्थात फुलजस्तै माया भएको जानकारी दिनुभयो । त्यस्तै तामाङ्ग भाषा संस्कृतिलाई जोगाई राख्ने उद्देश्यका साथ यस कार्यक्रम आयोजना गरिएको आयोजक समितीका अध्यक्ष श्री बुद्धिमान वाइबाले जानकारी दिनुभयो ।

कार्यक्रममा सागर एस.वाईबा, सृजना एस. लोप्चन लगायतका कलाकारहरुले आफ्नो प्रश्तुति देखाएको साझा सबाल डट कम मा खबर छ् ।