धादिङका कांग्रेसका बागीले उम्मेदवारी फिर्ता लिए

682 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ असोज २२ – पार्टीका अधिकारिक उम्मेद्वार बिरुद्द निकै तामझामका साथ स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका नेपाली काङग्रेसका धादिङ क्षेत्र नं १ का बागी उम्मेदवार दिएका कांग्रेसका एक जिल्ला नेताले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।कांग्रेस क्षेत्र नम्बर १ का आधिकारिक उम्मेदवार तिलक रुवालीका बिरुद्द बागी उम्मेदवारी दिएका फणीकान्त छत्कुलीले आफ्नो बागी उम्मेदवार फिर्ता लिएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।जिल्लाका दुबै निर्वाचन क्षेत्रमा कांग्रेसको उम्मेदवार बिरुद्ध बागी उम्मेदवार परेको थियो । क्षेत्र नम्बर २ का आधिकारिक उम्मेदवार पार्टी सभापति रामनाथ अधिकारी बिरुद्द उम्मेदवारी दिएकाहरुले पनि उम्मेदवार फिर्ता लिएको बताईएको छ ।