आचारसंहिता विपरीत एमाओवादी कार्यकर्ता परिचालन

556 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित राजनीतिक दलहरूले गतिविधिहरू सञ्चालन गरिरहेको स्थलगत पर्यवेक्षणकोक्रममा देखिएको छ । निर्वाचन आयोगले तोकेको मापदण्ड विपरित विविध गतिविधि भइरहेको स्थानीय जनताले पनिपर्यवेक्षकहरूलाई जानकारी दिँदै आएका छन् ।

आचारसंहिता विपरित एकीकृत माओवादी सम्बद्ध वाईसीएलले बैरेनी गाविस-५ मा रहेको शंखादेवी सामुदायिक भवनमा कात्तिक ३गतेदेखि क्याम्प राखेर दैनिक तालिम गराउने गरेको स्थानीयले बताए ।दैनिक रातो कपडा लगाएर कवाज खेल्ने र सोही स्थानमा रहने बुथको सुरक्षा भन्दै उनीहरूले सो स्थानमा ३० जना भन्दा बढीरहने गरी क्याम्प राखेका छन् । कात्तिक ४ गते सालिकराम जम्मरकट्टेल गएर सो क्याम्पको निरीक्षण गरी दिउँसो गाउँवासीलाईबोलाएर भोज गरेका थिए । स्थानीय जनताले यस वर्षपनि आफूहरूले भोटहाल्न पाउने हो कि होइन भन्ने चिन्ता व्यक्त गरेका छन्।

 

सोही गाविस-५ आपचौरमा एमाओवादीले चुनावमा भोट दिने शर्तमा गाउँलेका लागि भन्दै २ हजार ९ सय मिटर पाइप गाउँमालगेर राखिएको छ । यसअघि गाउँवासीले पटकपटक खानेपानीको मागगर्दै आए पनि पाउन सकेका थिएनन् । बैरेनी गाविस-१ माश्रीराम अधिकारी र बलराम रमतेलले रत्नबहादुर रमतेललाई ३० हजार रूपियाँ, ३५ घरका लागि तेल उपलब्ध गराइएका थिए ।

आदमघाट बजारबाट पिडा र किरान्चोक गाविसका ३ सय जना स्थानीयलाई चामल, तेल, चिउरा र थोरै रकम समेत बजारमाबोलाएर एमाओवादी जिल्ला सदस्य ध्रुव सुवेदीले वितरण गरेको तथ्या पर्यवेक्षणका क्रममा पुग्दा उनीहरूले जानकारी दिए ।

गजुरी बजार क्षेत्र र आदमघाट बजार क्षेत्रमा एमाओवादीले विद्युतको पोलमा निर्वाचन आयोगले तोकेको भन्दा ठूलो झण्डाको प्रयोगगरेर राखेको थियो । कात्तिक ४ गते दिउँसो गजुरी बजारको एकापट्टी साइडको झण्डा स्थानीय प्रशासनले हटाएको छ भने अर्कोसाइडमा अझै ठूला झण्डा रहेको इन्सेक अनलाईनमा खबर छापिएको छ । ।