डा. चित्रप्रसाद वाग्लेको निधन

573 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, कात्तिक ७ – एपेन्डिक्स क्यान्सरबाट पीडित डा. चित्रप्रसाद वाग्लेको बिहीबार निधन भएको छ ।

एक वर्षभन्दा धेरै समयदेखि उपचार गराइरहेका वाग्लेको काठमाडौ धापासीको ग्राण्डी अस्पतालमा निधन भएको हो ।

स्वास्थ्य अवस्था बिग्रिएपछि आइसियुमा राखेर उपचार गराइरहेका वाग्लेको दिउँसो १२ बजेर ५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

विरलै लाग्ने र लागेपछि निको नहुने एपेन्डिक्स क्यान्सरबाट पीडित वाग्लेले यसअघि १३ महिना नयाँ दिल्लीको राजीव गान्धी अस्पतालमा उपचार गराउनुभएको थियो ।

तर त्यहाँ निको हुन नसकेपछि वाग्ले स्वदेश फर्कनुभएको थियो । उहाँको उपचारका लागि देशविदेशबाट आर्थिक संकलनको काम भैरहेको थियो । डाक्टर वाग्लेको बिहीबार नै  देवघाटमा अन्त्येष्टि गरिने दाजु फणिन्द्र शर्मा वाग्लेले जानकारी दिनुभयो ।

विरामी हुनुअघि डाक्टर वाग्ले अर्घाखाँचीको जिल्ला अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । उहाँले १२ वर्ष अर्घाखाँचीमा काम गर्नुभयो । रुपन्देहीको पर्रोहा गाविस मुर्गियाका बासिन्दा डा. वाग्लेका श्रीमती, एक छोरा र २ छोरी छन् ।

अर्घाखाँचीका नागरिकबीच निकै लोकप्रिय डाक्टर वाग्लेलाई गएको वर्ष सरकारले उत्कृष्ट चिकित्सकका रुपमा पुरस्कृत गरेको उज्यालो अनलाइनमा खबर छ । थियो ।