सबैको प्रयासवाट मात्र शैक्षिक विकास सम्भव

526 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/नेपाल सरकारको एक्लो प्रयासले मात्र शिक्षा क्षेत्रमा बिकास नहुने भएकोले यस क्षेत्रलाई उकास्न सबै संघ÷संस्था लगायत राजनीतिदलहरुले सहयोग गर्नु पर्ने शिक्षा बिभागका निर्देशक डिल्लीराम शर्माले बताएका छन ।
जिल्ला शिक्षा कार्यालय धादिङले विहीवार धादिङबेसीमा आयोजना गरेको जिल्लाको बार्षिक कार्यक्रम तथा साक्षरता नेपाल अभियानको अभिमुखीकरण एबम् प्रधानाध्यापकहरुको कार्य सम्पादन कार्य सम्बन्धी एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्ने क्रममा शर्माले यस्तो बताएका हुन । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय धादिङका उपसचिव जनार्दन रिजाल र जिल्ला शिक्षा कार्यालय धादिङका जिल्ला शिक्षा अधिकारी दिवपेन्द्र सुवेदीले जिल्ला शिक्षा कार्यालय धादिङले आर्थिक बर्ष २०७०÷७१ को बार्षिक कार्यक्रमहरु लगायत गतिविधिहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नु गरेका थिए । जिल्लाको शैक्षिक लक्ष्य प्राप्तिका लागि प्रधानाध्यापकहरुको कार्यसम्पादनको मुल्याङ्कन गरिने वताईएको थियो । कार्यक्रममा जिल्लाभर रहेका सामुदायिक तथा संस्थागत मावि तथा उच्च माविका प्रधानाध्यापक तथा बिद्याललयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिल्ला शिक्षा कार्यालय धादिङले चालु शैक्षिक सत्रलाई सिकाई सुधार वर्षको घोषणा गर्दै व्यवसायिक शिक्षा प्रविधियुक्त कक्षा,उच्चतम सिकाई उपलव्धिमुलक हामी सबैको इच्छा भन्ने नारा अघि सारेर शैक्षिक सुधारका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । धादिङ जिल्लामा ७४ वटा सामुदायिक र १२ वटा संस्थागत गरी ८६ वटा माध्यमिक र ४८ वटा सामुदायिक र ५ संस्थागत गरी ५३ वटा उच्च मावि संचालनमा रहेका छन ।

जिल्ला शिक्षा कार्यालय धादिङले बिद्यालय प्रशासन संग सम्वन्धित अभिलेखलाई कम्प्युटरकृत गरेको छ । त्यसैगरी दरवन्दि मिलान सहित न्युन बिद्यार्थी रहेका १५ वटा बिद्यालयलाई गाभ्ने र २ वटा बिद्यालयको तह घटाउने कार्य गरेको कार्यक्रममा वताईएको थियो । शैक्षिक विकासका निम्ति राम्रा प्रयासहरुको थालनी गर्दै आईरहेको जिल्ला शिक्षा कार्यालय धादिङले जिल्लाका २० वटै श्रोत केन्द्रहरुको वेभसाईट निर्माण गरी श्रोत केन्द्र भित्र रहेका सबै बिद्यालयको अभिलेखिकरण गरिरहेको जिल्ला शिक्षा कार्यालयका उपसचिव रिजालले कार्यक्रममा वताएका थिए । जिल्लाा् भित्रका ३ सय ५३ वटा बिद्यालयवाट आफ्नो सेवा क्षेत्र भित्र कुनै पनि वालवालिका बिद्यालय वाहिर नरहेको शिक्षा कार्यालयले दावी गरेको छ ।
धादिङका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा शिक्षा विभागका निर्देशक डिल्ली राम शर्मा, शिक्षा बिभागका उप सचिब सुशिलबाबु खनाल, नेपाल शिक्षक संघका अध्यक्ष ध्रुव रिजाल , शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष केशरी पन्त, नेपाल शिक्षक युनियन धादिङका अध्इक्ष दिपक सिंखडा, प्याबसन धादिङका अध्यक्ष शान्ति बिक्रम बाँनिया, स्रोत व्यक्ति समाज धादिङका इन्द्रबहादुर श्रेष्ठ, एन प्याब्सन धादिङका अध्यक्ष कृष्ण प्रसाद दाहाल विभिन्न विद्यालयका प्रधानाध्यानपकहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।